दुईमा झरे भैरहवामा उडान नगरेपछि कतारको दोहा-काठमाडौं उडान
भैरहवा । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो ।
२३ कात्तिकदेखि काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवामा दैनिक एउटा ‘टचडाउन फ्लाइट’ गर्दै आएको थियो । कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको थियो । आइतबारदेखि कतारको भैरहवा उडान बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएकाे छ । कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो । तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । कतारले छलफल गरेर जानकारी पठाउने जवाफ फर्काएको उनको भनाइ छ । कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।
कतारले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आएको थियो । दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) त्रिभुवन विमानस्थल बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि कतारका दुईवटा उडान कटौती भएका थिए । आधा उडान कटौती भएपछि कतारले एउटा उडान भैरहवालाई टच गरेर काठमाडौंमा गर्दै आएको थियो । ‘भैरहवा उडानसहित कतारले काठमाडौंमा दैनिक तीन उडान गर्दै आएको थियो,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘भैरहवामा उडान नगरेपछि कतारको दोहा–काठमाडौं उडान पनि दुईवटामा झरेका छन् ।’
अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने १२ सय तीन यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौं झरेका छन् । यसबिचमा दोहा जानका लागि भैरहवाबाट एकजना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्यांकले देखाएको छ । भैरहवामा अहिले एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
