• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • ८ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ९ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १२ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १२ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १३ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १३ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १४ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ३. मध्यरातमा भूकम्पकाे धक्का

  • ४. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ५. नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा

  • ६. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ७. सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

  • ८. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

यस्तो छ सहकारी संश्था दर्ता गर्ने प्रक्रिया

admin २०७३, बैशाख, २६

सहकारी ऐन, २०४८ को दफा (४), (५) र (६) को प्रयोजनको लागि सरोकारवालाहरुले संस्था दर्ताका लागि पेश गरेका कागजातमा देहायका कुराहरु उपर विचार गरी रजिष्ट्रार वा निजबाट अधिकार प्राप्त अधिकारीले दर्ता स्वीकार वा अस्विकार गर्न सक्नेछ । दरखास्तसाथ निर्दिष्ट प्रक्रिया पुगेका निम्न कागजातहरु संलग्न भएको हुनु पर्नेछ ।
१.     प्रस्तावित संस्थाको तदर्थ समितिको अध्यक्षले दस्तखत गरेको सहकारी नियमावली, २०४९ को अनुसूचि–१ बमोजिमको ढाँचाको रु. ५। को टिकट टाँस गरेको निवेदन,

२.     प्रस्तावित् संस्थाको २ प्रति विनियम सक्कलै सही गरेको हुनुपर्नेछ,

३.     तदर्थ संचालक समितिका पदाधिकारीहरुले प्रत्येक पृष्ठमा हस्ताक्षर गरेको प्रस्तावित संस्थाको २ प्रति कार्ययोजना २ प्रति,

४.     प्रथम र दोश्रो प्रारम्भिक भेलाले गरेको निर्णयको तदर्थ समितिका अध्यक्षले प्रमाणित गरेका प्रतिलिपीहरु १÷१ प्रति,

५.     संस्थाको हकमा आवेदन गर्ने भिन्न परिवारका कम्तिमा २५ जना व्यक्तिहरुको तीनपुस्ते विवरण आवेदकहरुले लिएको शेयरको संख्या, रकम खुलेको विवरण र हस्ताक्षर संलग्न भएको निर्धारित ढाँचाको विवरण,

६.     संस्था दर्ता सम्बन्धी कार्य गर्न अधिकार प्राप्त व्यक्तिको दस्तखत नमूना सहित आवेदक सबैले हस्ताक्षर गरेको सक्कल अधिकार पत्र,

७.     प्रारम्भिक भेलाको निर्णय अनुसार शेयर र प्रवेश शुल्क वापत उठेको रकम तदर्थ समतिको कुनै पदाधिकारीको नाममा नजिकको कुनै बैंकमा जम्मा गरेको भौचर र रकम जिम्मा लिने व्यक्तिले गरेको सक्कल भरपाई (बैंकिङ्ग सुविधा उपलब्ध नभएको ठाउँको हकमा भरपाई मात्र पनि पेश गर्न सकिने) शेयर र प्रवेश शुल्क वापतको रकम संस्थाको आफ्नै खातामा जम्मा नगरिए सम्मा प्रयोगमा ल्याउन पाइने छैन) यसका लागि सहकारी कार्यालयबाट संस्थाको नाममा रकम नसारेसम्म आवश्यकता अनुसार शर्तनामा गराउने वा बैेंक खाता रोक्का समेत गर्न गराउन सकिनेछ,

८.     संकलित शेयर पूँजीको रकम कुल शेयर पूँजीको कम्तिमा २० प्रतिशत हुनुपर्नेछ,

९.     संभाव्यता अध्ययन प्रतिवेदन पेश गर्नु पर्नेछ । संभाव्यताको अध्ययन प्रतिवेदनमा निम्न कुराहरु समावेश हुनुपर्नेछ,

क) प्रस्तावित कार्यक्षेत्रमा त्यस्तो प्रकृतिको संस्थाको आवश्यकताको पहिचान,

ख) कार्यक्षेत्र भित्र बसोबास गर्ने अनुमानित जनसंख्या,

ग) संस्था मार्फत पेशा व्यवसाय संचालन गर्नका लागि आवश्यक पुँजीको श्रोतहरु,

घ) व्यावसायिक संभाव्यता,

ङ) प्रस्तावित संस्थाको लागि आवश्यक पर्ने जनशक्ति,

च) सेवा पाउने सदस्यहरुको अधिकतम संख्या,

छ) उक्त कार्यक्षेत्रमा रहेका समान प्रकृतिका सहकारी संस्थाहरुको संख्या,

ज) पहिले स्थापना भई सकेका समान प्रकृतिका संस्थाहरुमा संलग्न हुन नसकिने कारण र संलग्नताका  लागि गरिएका प्रयास,

झ) बजारको स्वरुप, संस्थाको भावि कार्यक्रम तथा लक्षित समूह, संस्थाको विकाशका लागि स्पष्ट आधारहरु,

१०.    तदर्थ संचालक समितिका पदाधिकारीहरुको हालसालै खिचेको फोटो र हस्ताक्षर सहितको ३ पुस्ते विवरण,

११.    बचत ऋणको कारोवार गर्ने संस्थाको हकमा बचत तथा ऋण परिचालन नीति २ प्रति,

१२.    आवेदकहरुको निम्न विषयहरु समेटिएको निर्धारित ढाँचामा हस्ताक्षर सहितको स्व–घोष्णा पत्र,

क) पहिले कुनै अन्य सहकारी संस्थामा संलग्न रही रकम हिनामिना गरी कारवाहीमा नपरेको,

ख) बैंक वित्तिय संस्थको कारोवारमा कालो सूचिमा नपरेको,

ग) प्रस्तावित आवेदकहरु सोही जिल्ला भित्र रहेका समान प्रकृतिको अर्को संस्थमा सदस्य नरहेको,

घ) प्रस्तावित संस्थाको समान प्रकृतिको अन्य सहकारी संस्थाको संचालक वा पदाधिकारीको रुपमा आवद्ध नभएको,

ङ) सहकारीको मूल्य मान्यता, सिद्धान्त एवं सहकारी ऐन नियम तथा संस्थाको स्वीकृत विनियम बमोजिम सहकारी संस्था संचालन गर्न मन्जुर भएको ।

 स्रोत डिभिजन सहकारी कार्यालय

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.