काठमाडौं। आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


