पुष्पाः २ गर्यो बलिउडका धेरै फिल्मको रेकर्ड ध्वस्त
मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ ।
फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन्। सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मचाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ।
यो फिल्मले अहिलेसम्म १२ सय करोड रूपैयाँको कुल कमाई गरिसकेको छ, जसले यसलाई भारतीय सिनेमाको तेस्रो ठूलो हिट बनाएको छ। पहिलो नम्बरमा आमिर खानको फिल्म ‘दंगल’ छ जसको कमाई २ हजार करोड थियो । जहाँ दोस्रो स्थानमा प्रभासको फिल्म ‘बाहुबली २’ छ, जसले विश्वभर करिब १४०० करोड कमाएको छ । अहिले ‘पुष्पा २’ ले ९४४ करोडको आरआरआर अंक पार गरेको छ ।
विशेष कुरा के छ भने हिन्दी संस्करणले पनि राम्रो कमाई गरेको छ र हिन्दी बजारमा करिब ५०० करोडको आँकडा छोएको छ । यसबाहेक फिल्मले उत्तरी अमेरिका अर्थात् अमेरिका र क्यानडामा पनि उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अर्को ठूलो सफलता हात पार्दै भारतीय सिनेमाको शीर्ष १० हिटको सूचीमा प्रवेश गरेको छ।
दुई दिनअघि नै चलचित्र ‘पुष्पा २’ ले अमेरिकी बक्स अफिसमा १० करोड डलर अर्थात झण्डै ८४ करोडको आँकडा पार गर्दै दशौं स्थानमा पुगेको थियो । यसले रणवीर सिंह र आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ लाई पछि पार्दै यो स्थान हासिल गरेको हो ।
तर, शनिबार साँझसम्म फिल्म ‘पद्मावत’लाई पछि पार्दै थप दुई स्थान उछिन्दै पुष्पाः२ आठौं स्थानमा पुगेको छ । फिल्मको कुल कमाई अहिले १२.२७ मिलियन डलर अर्थात् करिब १०४ करोड रुपैयाँ पुगेको छ भने ‘पद्मावत’ले बजारमा १२.१५ मिलियन डलर अर्थात् १०३ करोड रुपैयाँ कमाएको थियो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
