Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

२०८१ साल पौष महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १
२०८१ साल पौष महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिना लाभदायक रहनेछ। आत्मविश्वासमा वा ऊर्जामा बढोत्तरी हुनेछ। कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सल्लाहले मनग्य लाभ मिल्नेछ। समाजमा मानसम्मान बढ्नेछ साथै कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। व्यापार व्यवसायमा तामा सुन तथा आयुर्वेदिक औषधि पसलबाट राम्रो लाभ कमाइनेछ। वाहन किन्नमा पिताको सहयोग मिल्नेछ। गृहणिहरूको गृहकार्य साथै धर्मकर्ममा मन लाग्नेछ। बुद्धि विवेक र वाणीले गर्दा सबै कार्य सिद्ध हुनेछन्। विदेशमा करियर बनाउनको लागि कार्यरत हुनुहुन्छ भने नयाँ बाटो खुल्नेछ। दाम्पत्य जीवनको विषयवस्तुमा राम्रा योगहरू निर्माण भएका छन्। प्रतिदिन गायत्री मन्त्रको जप र योग वा प्राणायाम गरेर दिनको सुरुवात गरौं।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वैदेशिक क्षेत्रबाट लाभ कमाउन सकिएला। स्वास्थ्यलाई लिएर धन खर्च हुनाले मन अशान्त रहनेछ। नोकरी वा पेशामा अरू माथि निर्भर नहुनुहोस्। वाहन सावधानीपूर्वक चलाउनुहोला। खानपानको विशेष ध्यान राख्नुहोला। मादक पदार्थ सेवन गर्नदेखि बच्नुहोस्। व्यापार व्यवसायमा नयाँ निर्णयहरूको लागि उचित समय पर्खिनुहोला। प्रेम सम्बन्धमा पार्टनरको भावनालाई महत्व दिनुहोस्। वैवाहिक जीवनलाई सुखमय बनाउनको लागि सानोतिनो कुरालाई इग्नोर गरेर अगाडि बढ्नुहोस्। व्यापार व्यवसायमा कुनै प्रकारको मतभेद हुने सम्भावना रहेको छ भने बसेर कुराहरूलाई सुल्झाउने प्रयास गर्नुहोला। प्रतिदिन दुर्गाजीको मन्दिरमा बत्ती बालेर दिनको सुरुवात गरौं।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना लाभदायक रहनेछ। कार्यक्षेत्र वा घरपरिवारमा सबैको भरपूर सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ। यो समय प्रतियोगीताको तैयारीमा लागिरहनु भएकालाई विशेष लाभदायक रहनेछ। नौकरी वा पेशामा मन परेको स्थानमा सरुवा हुन सकिनेछ। व्यापार व्यवसायको लागि भाग्य र समयले साथ दिनेछ। लामो दूरीको यात्राको योग छ। अग्रिम नभएको कार्य सम्पादित हुनाले मन प्रसन्न रहनेछ। उच्च शिक्षाको लागि विदेशतिर समय अनुकूल रहेको छ। भौतिक सवारी साधन वा वाहन जुटाउने योग छ। आफ्ना गोप्य कुराहरू सकेसम्म कसैलाई पनि शेयर नगर्नुहोस्‌ । प्रतिदिन भगवान गणेशलाई दुवो चढाएर दिनको सुरुवात गरौं।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सामान्य रहनेछ। व्यापार विस्तारको लागि सहकारी वा वित्तीय सहायता मिल्नेछ। शत्रुमाथि विजय पाइनेछ। स्वास्थ्यको दृष्टिले समय अलि नकरात्मक रहनेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। भौतिक संसाधन जुटाउनुको साथै महत्वकांक्षी योजना प्रारम्भ गर्न सकिनेछ। दिगो फाइदा हुने कामको जग बसाउने समय रहेको छ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। वाहनमा धन खर्चका योग छन्। नोकरी वा पेशा हुनेहरूको लागि आयस्रोतमा नयाँ योगहरू निर्माण हुनेछन् । सामाजिक क्षेत्रमा प्रतिष्ठित हुनुहुन्छ भने मानसम्मानमा वृद्धिको योग रहेको छ। प्रतिदिन भगवान शिवलाई जल अर्पण गरेर दिनको सुरुवात गरौं।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्धलाई विवाह आदिमा टुङ्ग्याउन सकिनेछ। विदेशमा कारोबार गर्नेहरूको लागि यो समयनुकूल रहनेछ। कार्यक्षेत्रमा श्रमको पूर्ण प्रतिफल मिल्नेछ। गृहणीहरूले गृहकार्यमा काम गर्दा हातहतियारको प्रयोग सावधानीपूर्वक गर्नुहोस्। अविवाहित हुनुहुन्छ भने विवाहको कुरा चल्नेछ। कृषिको लागि नयाँ प्राविधिक वा औजार जुटाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।नौकरी वा पेशामा आफ्नो प्रतिभालाई चिनाउन सक्नुहुनेछ। प्रतिदिन बटुक भैरवको पूजा गरेर दिनको सुरुवात गरौं र तुलसीको विरूवामा पानी दिनुहोस्।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिहरूको लागि यो महिना सफलतादायक रहनेछ। धार्मिक एवं माङ्लिक कार्यक्रममा सहभागि हुने अवसर मिल्नेछ। तिर्थ स्थानहरूको यात्रा गर्ने योग बनिरहेको छ। घरपरिवार होस् वा घरको बाहिर दुईतिरै मानसम्मान मिल्नेछ। कार्यक्षेत्रमा हजुरले लिएका निर्णयहरूको प्रशंसा हुनेछ जसले हजुरको आत्मविश्वास वा उत्साहमा वृद्धि हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नाले स्वास्थ्यमा विशेष लाभ मिल्नेछ। जग्गा जमिनमा चलिरहेको विवाद पनि विशेष व्यक्तिद्वारा समाप्त हुनेछ। घर निर्माण सम्बन्धी कार्यमा कानुनी मापदण्डको विशेष ध्यान राख्नुपर्ने हुन्छ। वार्षिक कारोबारमा विस्तारको लागि नयाँ प्रोजेक्टहरू मिल्नेछन्। वैवाहिक जीवन सुखमय रहनेछ। हरेक दिन भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको सुरुवात गरौं र रातो चन्दन लगाउनुहोस्।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना विशेष लाभदायी रहनेछ। हजुरको पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा थोरै मेहनतले पनि राम्रो सफलता पाइनेछ । विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्यको साथ मिल्नाले प्रयोगात्मक परीक्षामा सफल रहनुहुनेछ। कार्यक्षेत्रमा जुनियर र सिनियर दुवैको सहयोग मिल्नेछ। नोकरी वा पेशामा आयको अतिरिक्त स्रोत बढ्नेछ। यो महिना हजुरको विवेक र चतुर्याईले विरोधीहरू परास्त हुनेछन् । व्यापार व्यवसायमा चाहे अनुसार लाभ मिल्नेछ। मित्रहरूको सहयोगले व्यापार क्षेत्रमा विशेष लाभ मिल्नेछ। प्रेम सम्बन्धको दृष्टिले यो महिना हजुरलाई अनुकूल रहनेछ। हरेक दिन देवीको आराधना गरेर दिनको आरम्भ गरौं।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिहरूको लागि यो महिना सामान्य रहनेछ। नोकरी वा पेशामा वेतन वृद्धि वा स्थानान्तरण हुने सम्भावना छ। घरपरिवार वा आफन्तहरूसँग रमाइलो यात्रा हुन सक्छ। साँझेदारी व्यापारबाट विशेष लाभ मिल्नेछ। कार्यक्षेत्रमा हजुरको बोलीले गर्दा अट्केका कार्य प्रारम्भ हुनेछन्। सरकारी नोकरीमा प्रभाव बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। उच्च शिक्षाको पढाइको लागि नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला। क्रय विक्रय गर्दा बिल सुरक्षित राखौं। प्रतिदिन हनुमानजीको आराधना गर्नुहोला र प्रत्येक बुधवार बिरुवा रोप्ने कार्य गर्नुहोस्‌।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशी हुने जातकहरूलाई यो महिना धेरै उतार चढाव लिएर आउने छ। महिनाको प्रारम्भमा कार्यक्षेत्रको सिलसिलामा केही यात्राका योगहरू निर्माण हुन सक्ला। व्यापार सम्बन्धित यात्राहरू विशेष लाभदायी रहनेछ। महिनाको दोस्रो सप्ताहमा सञ्चित धनमा वृद्धि र कार्य क्षेत्रमा प्रगतिका योगहरू रहेका छन् । मानसम्मानमा वृद्धिको योग रहेको छ। महिनाको मध्यमा सोचे अनुरूप फल प्राप्तिको योग बनेको छ । युवा वर्गमा पर्नुहुन्छ भने मोज मस्तीमा समय व्यतीत हुनेछ। महिनाको अन्तिममा आफ्नो वोलीमा नियन्त्रण राख्नुपर्ने हुन्छ नभए व्यावहारिक पक्ष र कार्य क्षेत्रमा पनि समस्या आउने सम्भावना रहेको छ। महिनाको मध्यमा प्रेम सम्बन्धमा या दाम्पत्य जीवनमा केही समस्या आउने सम्भावनाहरू रहन सक्छ। स्वास्थ्यलाई लिएर विशेष सावधानी राख्नुपर्ने हुन्छ शारीरिक एवम् मानसिक थकानको योग बन्न सक्छ। प्रतिदिन भगवान सूर्यलाई अर्घ्य प्रदान गर्नुहोस्‌ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिना कार्य क्षेत्रको लागि अतिरिक्त कार्यभारको स्थिति लिएर आउनेछ जसलाई पूरा गर्नको लागि अलि बढी परिश्रम र मेहेनत गर्नुपर्ने हुन्छ। कामकाजको व्यस्तताले गर्दाखेरि तपाईंको दिनचर्यामा अलिकति प्रतिकूल प्रभाव पर्ने छ त्यसकारणले स्वास्थ्यमा समस्या आउन सक्छ। जग्गा जमीन सम्बन्धित कारोबार गर्न चाहनुहुन्छ भने महिनाको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो रहेको देखिएको छ। आफन्तहरूसित निकटतम सम्बन्ध तपाईंको लागि एकदमै श्रेष्ठकर साबित रहने छ। प्रेमसम्बन्ध तपाईंको लागि अनुकूल रहनेछ । कुनै प्रकारको अड्चन आइरहेको थियो भने त्यो समस्याको समाधान हुनेछ । पति पत्नीको बिचमा सुमधुर सम्बन्ध स्थापित हुनेछ । महिनाको अन्तिममा कुनै प्रकारको धार्मिक यात्राका योगहरू बनिरहेका छन् जसले गर्दा मन प्रसन्न रहने छ । कार्य क्षेत्रमा जानु अघि प्रतिदिन मातापिताको चरण स्पर्ष गरेर घरबाट बाहिर निस्किनुहोस्‌ र भगवान शिवजीको आराधना गर्नुहोस्‌ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पारिवारिक विषयवस्तुको लागि यो महिना एकदमै राम्रो रहेको छ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहनुहुन्छ भने अत्यन्त राम्रा योगहरू निर्माण भएका छन्। सन्तान पक्षबाट शुभ समाचारका संकेतहरू प्राप्त भएका छन्। उच्च शिक्षा या विदेशमा गएर पढ्न खोज्दै हुनुहुन्छ भने अलि विलम्ब हुन सक्छ। महिनाको प्रारम्भ अलिकति चुनौती पूर्ण रहन सक्छ। नोकरी वा पेशामा हुनुहुन्छ भने सीनियर वा जुनियरहरूको सहयोग भनेजस्तो अलि नपाइएला र विरोधीहरूको षड्यन्त्रको शिकार पनि हुनसक्नुहुन्छ। दाम्पत्य जीवनको विषयवस्तुमा राम्रा योगहरू निर्माण भएका छन् भने प्रेम सम्बन्ध पनि सुमधुर रहने छ। जीवनसाथीबाट कठिन समयमा पनि साथ मिल्नेछ। प्रतिदिन भैरवको आराधना गर्नुहोस् र भगवान शिवजीको पुजा गर्नुहोस् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कारोबार क्षेत्रमा हुनुहुन्छ भने व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। कुनै विशेष प्रोजेक्टको लागि धनको लगानी लगाउन सक्नुहुन्छ। कार्यक्षेत्र र व्यापारमा उन्नतिका योगहरू बनिरहेका छन् भने कुनै अनुबन्धमा हस्ताक्षर गर्न चाहँदै हुनुहुन्छ भने ग्रहगोचरको स्थिति तपाईंको लागि अनुकूल रहेको छ । कुनैपनि कार्य जबसम्म पूर्ण हुँदैन तबसम्म सार्वजनिक रूपमा नभन्नुहोस्। पारिवारिक विषयवस्तुलाई लिएर सर सल्लाह गर्दै हुनुहुन्छ भने विशेष विचार गरेर आफ्नो विषयवस्तु राख्नुहोला नभए विवादका स्थितिहरू निर्माण हुनसक्छ । स्वास्थ्यलाई लिएर विशेष सावधानी राख्नुपर्ने हुन्छ। सोचे अनुसार कार्यमा प्रगति महिनाको उत्तरार्धमा प्राप्त गर्न सक्नुहुनेछ । प्रतिदिन भगवान सूर्यलाई जल अर्पण गर्नुहोस्‌ र दैनिक पुजामा भगवान श्रीकृष्णको पुजा गर्नुहोस्‌ ।

naima expoTop Changing Nepal

युट्युब सट्स