Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

ब्राजेलीयन खेलाडीलाइ ८० हजार पाउन्ड जरिवाना, दुइ खेलमा प्रतिबन्ध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
ब्राजेलीयन खेलाडीलाइ ८० हजार पाउन्ड जरिवाना, दुइ खेलमा प्रतिबन्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडी माथी जरिवानासहित दुइ खेलमा प्रतिबन्ध लगाइएको छत । उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित दुई खेलको प्रतिबन्ध लगाएको हो।

गत साता लिग खेलमा  ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो ।

कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको एफएले जनाएकोछ ।  उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।

उनले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स