यस्ता छन् भूकम्प जाँदा गनुपर्ने र गर्नु नहुने उपायहरु
काठमाडौं । नेपालको भूगर्भीय बनावटले गर्दा देशलाई उच्च जोखिमयुक्त क्षेत्र बनाएको छ । तर भूकम्प आफैँले भन्दा मानवीय संरचनाको कमजोरीले मानवीय क्षति हुने भएकाले निर्माणमा भूकम्प प्रतिरोधी उपायहरू अवलम्बन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
भूकम्पबाट हुने जोखिम कम गर्न पूर्वतयारी र सचेतना अभियानलाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण छ । नेपालजस्तो जोखिमयुक्त मुलुकमा भूकम्पीय संरचना सुधार, शिक्षा र समुचित पूर्वतयारीले मानवीय क्षति न्यून गर्न सकिन्छ ।
भूकम्प जाँदा के गर्नुपर्छ ?
– धैर्य राख्ने : आत्तिनु हुँदैन । घरभित्र वा बाहिर जहाँ छौं, त्यही सुरक्षित उपाय अपनाउनु पर्छ ।
सुरक्षित स्थानमा बस्ने:
– घरभित्र भए : टेबल, खाटजस्ता फर्निचरमुनि वा ढोकाको चौकोशमा लुक्ने ।
– बाहिर भए : खुला ठाउँमा जानुहोस् । भवन, रुख, बिजुलीका पोल वा खम्बाबाट टाढा बस्ने ।
– ‘घुँडा टेकी, गुडुल्की मारी, ओत लागी समात’ गर्ने : आफ्नो टाउको र संवेदनशील अंगहरू बचाउन शरीरला सम्हालेर सुरक्षित स्थानमा ओत लाग्ने ।
– विद्युतीय उपकरण प्रयोग नगर्ने : आगो लाग्न सक्ने जोखिम भएकाले ग्यास, बिजुली र आगोको उपकरणबाट टाढा बस्ने ।
– सवारी साधन रोक्नेस् भुइँचालो जाँदा सवारी साधन चलाइरहेको भए, विस्तारै रोकेर बाटोको छेउमा राख्ने ।
– पुल, खम्बा, रुख वा अन्य जोखिमयुक्त स्थानमा रोक्न नहुने ।
– सुरक्षाका उपाय अपनाउने : टाउको छोप्ने, हातले संवेदनशील अंगहरू जोगाउने र बालबालिका तथा पाल्तु जनावरलाई पनि सुरक्षित राख्ने ।
– कम्पन रोकिएपछि मात्र बाहिर निस्कने : कम्पन रोकिएपछि घर वा भवन छोड्दा ध्यानपूर्वक बाहिर निस्कने ।
भूकम्प जाँदा के गर्नु हुँदैन ?
– आत्तिनु हुँदैन : डरले अतालिएर हतारमा कुनै कदम चाल्दा चोट पटक लाग्न सक्छ ।
– दौडिनु हुँदैन : घरभित्र वा बाहिर हतारमा भाग्न खोज्दा लड्न सकिन्छ वा ढल्कन सक्ने वस्तुले चोट पुर्याउन सक्छ ।
– लिफ्ट प्रयोग नगर्ने : लिफ्टमा फस्ने वा झन ठूलो दुर्घटनाको जोखिम हुन्छ ।
– खतरायुक्त ठाउँमा बस्नु हुँदैन : झ्याल, ऐना, झुण्डिएका सजावटका वस्तुहरू वा भित्ताको ठूला सामान नजिक बस्नु हुँदैन । रुख, खम्बा, भवनको छेउमा उभिनु हुँदैन ।
– चिच्याउनु वा धकेल्नु हुँदैन स् भिडभाडमा अनुशासन नमान्दा थप जोखिम हुन सक्छ ।
– खाना पकाउने सामग्री छोड्न हुँदैन : ग्यासको स्टोभ वा आगो जलिरहेको अवस्थामा छोडेर भाग्नु खतरा निम्त्याउन सक्छ ।
– कम्पन रोकिनुअघि बाहिर निस्कनु हुँदैन : भवन वा संरचना ढल्ने सम्भावना भएकाले कम्पन रोकिएपछि मात्र सावधानीपूर्वक बाहिर जानुपर्छ ।
भूकम्पको समयमा संयमित र सजग रहँदा मानवीय क्षति र जोखिम कम गर्न सकिन्छ ।
सम्बन्धित समाचार
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

