शितलहरका कारण रौतहटका विद्यालयहरू बन्द
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ ।
एकाबिहानै देखी लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवार देखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरि सकेको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ ,फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउपालिकाले भने मंगलवार नै एक सुचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सम्बन्धित पालिकाहरुले जनाएका छन् । जिल्लाको १८ स्थानिय तह मध्ये अधिकांशले बिद्यालय बन्दको सूचना जारी गरिसकेको छ।
पछिल्लो एक सातादेखि मधेश प्रदेशमा बिहानै देखी चल्ने शितलहरको कारण अत्यधिक चिसो बढेर मानिसको जनजीवन प्रभावित भइरहेको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

