एप्पलकी मालिक्नी गेरू बस्त्रमा महाकुम्भ देखिइन, बसिन कल्पबासमा
प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । महाकुम्भको स्वदेशमा मात्र नभई विदेशमा पनि निकै चर्चा भइरहेको छ । महाकुम्भमा विदेशी भक्तजनको भीड लागेको छ ।
यसैबिच, एप्पल कम्पनीका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल पनि प्रयागराज आइपुगेकी छिन् । त्यसपछि उनी गुरु स्वामी कैलाशानन्द महाराजको आश्रममा पनि गएकी थिइन्, उनी त्यही नै रहने छिन् । लरेन पावेल प्रयागराजमा कल्पवास बिताउनका लागि आएकी हुन ।
लरेन पावेल ४० सदस्यीय टोली लिएर महाकुम्भमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लरेन पावेलले महाकुम्भलगायत धेरै अनुष्ठानमा भाग लिदैँछिन । हिजो अर्थात १३ जनवरीमाउनी भिक्षुको भेषमा महाकुम्भमा देखा परेकी थिइन्। उनको शरीरमा भगवा कपडा थियो र उनी रुद्राक्षको माला लगाएर साध्वीजस्तै देखिएकी थिइन । अब लौरेन पावेल प्रयागराजमा कल्पवास बिताउने जनाइएको छ । यस अबधिका लागि उनको नाम कमला राखिएको छ र उनले अब प्रयागराजमा केही दिन साध्वीजस्तै बिताउने छिन।
कल्पवासका लागि संगमको किनारमा शिविर लगाउनुपर्छ र केही समय विशेष नियममा बस्नु पर्छ। मान्यता अनुसार कल्पवासलाई मानिसको आध्यात्मिक विकासको माध्यम मानिन्छ । माघ महिनाभर संगममा बसेर निर्धारित नियमको पालना गरी पुण्य प्राप्त गर्नुलाई कल्पवास भनिन्छ। यस समयमा भक्तहरूलाई सफा सेतो वा पहेंलो रंगको लुगा लगाउन सल्लाह दिइन्छ।
शास्त्र अनुसार कल्पवासको न्यूनतम अवधि एक रात हुन सक्छ। यो कल्प तीन रात, तीन महिना, छ महिना, छ वर्ष, १२ वर्ष वा जीवनभर गर्न सकिन्छ। अब लरेन पावेल कति दिन कल्पवासमा बस्छिन, त्यो भने खुल्न सकेको छैन ।
लरेन पावेलको सनातन धर्ममा गहिरो आस्था छ। यससँगै उनी गुरु स्वामी कैलाशानन्दलाई आफ्नो गुरु मान्छिन् । गत शनिबार उनी निरञ्जनी अखाडास्थित स्वामी कैलाशानन्द गिरीका आचार्य महामंडलेश्वरको आश्रम पुगेकी थिइन् । यससँगै उनी काशी विश्वनाथ मन्दिरमा पनि पुगिन्, जहाँ उनले पूजाअर्चना गरेकी थिइन् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

