काममा हिडन थाले सैफअली, आरोपीद्वारा शाहरूखको नि चोरी गर्न गएको स्विकार
मुम्बइ । सैफ अली खानलाई जनवरी १६ मा बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि हालै लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसपछि २६ जनवरीमा उनी पहिलो पटक पत्नी करीना कपूर खानसँग बाहिर निस्किएको देखिएको छ । यस क्रममा उनको घरको नयाँ सुरक्षाको झलक पनि भिडियोमा देखिएको छ ।
वास्तवमा पापाराजीले सेयर गरेको भिडियोमा सैफ अली खान आफ्नो बान्द्राको घरबाट बाहिर निस्केको देखिन्छ । जहाँ ग्रे रंगको स्वेटसर्ट र टोपी लगाएकी करिना सैफको अगाडि कारमा बसेकी थिइन् । भिडियोमा सैफ जिन्स र नीलो शर्टमा देखिएका थिए र उनको वरिपरि सुरक्षाकर्मीको टोलीसमेत रहेको थियो। दुवै जना गाडीमा चढेर बाहिर निस्किए हुन । र, अर्को कार पनि उनको घरको गेटबाट बाहिर सँगसँगै निस्किएको थियो ।
अर्को भिडियोमा भने करीना आफ्नो फिंगरप्रिन्टले अपार्टमेन्टको लबीको ढोका खोल्दै देखिएकी छिन्। जहाँ अन्य कर्मचारीहरु कार्ड लिएर सैफको लागि ढोका खोलेको देखिन्छ ।
उता, सीआईडीले फिंगरप्रिन्ट नमूनाहरूको नेगेटिभ रिपोर्ट मुम्बई पुलिसलाई दिएको छ तर घटनास्थलबाट सङ्कलन गरिएका नमूना मध्ये १९ नमूना भने आरोपीको औंठा छापसँग मेल खाँदैनन्। अभियुक्त शरीफुलका सबै १० औंठाछापहरू राज्य सीआईडीको फिंगरप्रिन्ट ब्युरोमा पठाइएको थियो।
यसबाहेक अनुसन्धानका क्रममा अभियुक्त मोहम्मद शहजादको नयाँ कुरा पनि बाहिर ल्याएका छन । जसमा उनले अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’मा गर्न खोजिएको चोरी असफल भए पछि सैफको घरमा पसेको बताएको एनडिटिभीले उल्लेख गरेको छ ।
आरोपितले भारतीय कागजात बनाउन पैसा चाहिने भएकाले यो सब गरेको बयानमा जनाएका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

