Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समय पछि सुटिङमा जाने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १४
कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समय पछि सुटिङमा जाने

हैदराबाद । दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित कल्कीः२ यसै बर्षको अन्त्यमा रिलिज हुने भएको छ । पान इन्डियाका सुपरस्टार प्रभासको कल्कि २८९८ः २ ले  यसअघि १ हजार करोड भन्दा बढी कमाएर बक्स अफिसमा धुम मच्चाएको थियो, अब सो फिल्मको भागः२ सन २०२६ को अन्त्यमा रिलिज गरिने घोषणा गरिएको छ । सैकनिल्कका अनुसार कल्कि २८९८ को सिक्वेलको काम अपेक्षा गरेभन्दा छिटो अघि बढिरहेका छन्।

भर्खरै, निर्माता अश्विनी दत्तले चलचित्रको छायांकन योजनाहरू खुलासा गरेका छन भने अब, निर्देशक नाग अश्विनले यसको बारेमा महत्त्वपूर्ण अपडेट प्रदान गरेका छन । हालैको एक अन्तर्वार्तामा निर्देशक नाग अश्विनले कल्कीः २ को स्क्रिप्टको काम सकिएको र फिल्ममा मुख्य भूमिका निभाएका प्रभास, कमल हसन र अमिताभ बच्चनको सुटिङ मिति र समयको पर्खाइमा रहेको बताएका छन् । यो फिल्मको सुटिङ यसै बर्षको वर्षबाट मध्यमा सुरु हुने अपेक्षा गरिएको छ।

ब्लक बस्टर निर्देशकले छायांकनको प्रगतिका आधारमा कल्कीः २ लाई २०२६ को अन्त्यतिर विश्वभरका सिनेमा हलमा रिलिज गर्ने योजना रहेको पनि जानकारी दिएका छन । फिल्मको केही भागको छायांकन पहिलो फिल्मसँगै भइसकेको निर्माण पक्षले जनाएको छ ।

यसैबीच, प्रभाससँग पहिले नै ‘द राजा साब’ र ‘फौजी’ जस्ता ठुला फिल्महरू रहेका छन । बाहुबली स्टारले चाँडै नै निर्देशक सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’ मा र प्रशान्त नीलको सालरः२ लाई २०२६ को रिलीजको तयारीका लागि शूट गर्दैछन् ।

Top Changing Nepal

युट्युब सट्स