पाथीभरा केवलकार निर्माण विवादमा
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषय विवादित बनेपछि यसले उग्ररुप लिएको छ । शनिबार पाथीभरा क्षेत्रमा भएको झडप र गोली प्रहारको घटनापछि ‘नो केवलकार’ पक्षधरहरूले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गरिनेछ ।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रा.लि.का अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा रहेको ग्लोबल आईएमई बैंकका ताप्लेजुङदेखि सुनसरीसम्मका शाखाहरू बन्द गर्नुपर्ने माग पनि राखिएको छ ।
साथै, माघ १४ गते ग्लोबल आईएमई बैंकमा शान्तिपूर्ण प्रदर्शन गरिने घोषणा गरिएको छ । आन्दोलनकारीहरूले ढकाल र पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रालिका जनसम्पर्क अधिकृत रुद्र पौडेललाई ताप्लेजुङ जिल्लामा निषेध गर्ने घोषणा गरेका छन् ।
फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ घोषणा गर्दै उनलाई ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्नुपर्ने माग समेत राखेका छन् । उनीहरूले पाथीभरा क्षेत्र विकास समितिलाई खारेज गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख गरेका छन् ।
शनिबार पाथीभरा क्षेत्रमा केवलकारको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच दुई चरणमा झडप भएको थियो । पहिलो झडपमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए भने दोस्रो चरणको झडपमा आत्मरक्षाका लागि गोली प्रहार गरिएको बताइएको छ । घटनामा केवलकारको विरोध गरिरहेका समूहका तीनजना गोली लागेर गम्भीर घाइते भएका छन्, उनीहरुको उपचार काठमाडौंस्थित टिचिङ अस्पतालमा भइरहेको छ । त्यस्तै, सातजना सुरक्षाकर्मीको उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भइरहेको छ ।
यस झडपमा दुवै पक्षका गरी ४५ जना घाइते भएका थिए, जसमध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । जिल्ला प्रशासन कार्यालयले घटनामा २१ प्रहरी घाइते भएकोमा १४ जना उपचारपछि फर्केको र एक इन्स्पेक्टरसहित ७ जनाको हल जिल्ला अस्पतालमा ताप्लेजुङमा उपचार भइरहेको जानकारी दिएको छ ।
विज्ञप्तिमा बन्द, प्रदर्शन र प्रतिरोधका कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूले स्थानीय प्रशासन र केवलकार निर्माण कम्पनीविरुद्ध थप कदम चाल्न सकिने चेतावनी दिएका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


