Jankari Kendra
१० श्रावण २०८३, आईतवार

सीजी मोटर्स बन्यो जेटुर ब्राण्डका लागि नेपालको आधिकारिक वितरक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, माघ, १६
सीजी मोटर्स बन्यो जेटुर ब्राण्डका लागि नेपालको आधिकारिक वितरक

काठमाडाैं ।  सीजी मोटर्स प्रा.लि. प्रख्यात एसयूभी ब्राण्ड जेटुर(JETOUR)का लागि नेपालको आधिकारिक वितरक बनेको छ । चीनमा एक कार्यक्रमबीच दुवैतर्फका प्रतिनिधिहरुको सहभागितामा सम्झौता सम्पन्न भएको हो ।

जेटुर चेरी ग्रुपको छातामुनि रहेको प्रमुख ब्राण्ड यसको बलियो र टफ एसयूभीहरुका लागि प्रख्यात छ । सीजी मोटर्स प्रा.लि. र जेटुरबीच एउटा समझदारी भएको छ । सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभीको  अधिकृत वितरक बन्न आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । जेटुरका राइट ह्याण्ड ड्राइभ(RHD) उत्पादनहरु सीजी मोटर्सको नेटवर्कमार्फत नेपालमा भित्र्याइने बताइएको छ ।

जेटुर, चेरी ग्रुपको अग्रणी ब्रान्ड हो भने सो ब्रान्ड आफ्ना मजबूत र टफ एसयूभीहरूका लागि प्रख्यात रहेको बताइएको छ। यस सम्बन्धी समझदारीपत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन स्यू र सीजी मोटर्स प्रा.लि.का सीईओ निर्देशक हेमन्त अग्रवालले नेपालतर्फ प्रतिनिधित्व गर्दै हस्ताक्षर गरेको सीजी मोटर्सले जनाएको छ । सो अवसरमा जेटुर अटोका उपाध्यक्ष के चुआन्डेङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमीटेडका अध्यक्ष हुओमई झाउ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ।

 

युट्युब सट्स