Jankari Kendra
१० श्रावण २०८३, आईतवार

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, माघ, १६
विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे ।

ट्रान्सफर्मर क्यापाबिलिटी भएको यो एसयुभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनिले जनाएको छ ।

दिपल ई०७ कारको फिचर र स्पेसिफिकेसन
दिपल ई०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुनेछ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्ने कम्पनिले बताएको छ । कारमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ । त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्ने कम्पनिको दाबि छ । यस यो इभी कारको चार्जिङ् क्षमताको कुरा गर्नुपर्दा २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सक्नुका साथै लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सकिने जनाईएको छ ।

ई०७ को ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले गर्दा यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ जसले यसलाई खराब भूबनोटको यात्रा सहज गराउने बताईएको छ ।

दिपल ई०७ को उपलब्धता र मूल्य
हाललाई ‘रियरह्विल’ ड्राइभ दिपल ई०७ चांगानका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिंगका लागि उपलब्ध छन् ।

दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ । एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने ‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ ।

स्टाइल र उपयोगिताको सम्मीश्रण
५ मिटर लामो दिपल ई०७को ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’ बनाएको छ र ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाएको छ । यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्‍याक ’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्ने कम्पनिले बताएको छ । त्यसैगरी कम्पनिका अनुसार यस दिपल ई०७ कारमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ ।

सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंग आदिलाई सजह बनाउँने कम्पनिले जनाएको छ ।

‘फ्युचरिस्टिक इन्जिनियरिंग’ र ‘इकोफ्रेन्ड्ली डिजाइन’
दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिंग सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिंग’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिंग’मा मद्दत बताईएको छ । यसको ‘युनिक सुपर पावर सेभिंग मोड’ ले ड्राइभिंग रेन्जलाई अझ बढाउने कम्पनिको दाबि छ ।

 

युट्युब सट्स