खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
वासिगटन डिसी। मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार्ने कार्य निकै महँगो साबित भएको छ ।
अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन डलर तिर्नु पर्ने भएको । जसमा ट्रम्पले अमेरिकाको क्यापिटल दंगा पछि फेसबुक र इन्स्टाग्रामले आफूलाई गलत तरिकाले सेन्सर गरेको दाबी गरेका थिए ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ, रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। समझौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ, जबकि बाँकी रकमले कानुनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ।
जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले सिर्जना गरेको कोलाहल पछि उनको सोशल मिडिया खाता निलम्बित गरिएको थियो। जस पछि ट्रम्पले एकाउन्ट निलम्बन गरेको भन्दै सोसल मिडिया प्लेटफर्मको कडा आलोचना गरेका थिए तर हालै जुकरबर्ग र एक्सका मालिक एलोन मस्क लगायतका धेरै टेक दिग्गजहरुले ट्रम्पसँग हात मिलाइसकेका छन । मार्क जुकरबर्गले गत हप्ता वाशिंगटनमा ट्रम्पको राष्ट्रपतिको उद्घाटन समारोहमा भाग लिएका थिए।
अमेरिकामा राष्ट्रपति चुनावका क्रममा एलन मस्कसँगै मेटाका मालिक जुकरबर्गले पनि ट्रम्पलाई समर्थन गरेका थिए । ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी कम्पनीहरूलाई अगाडि बढाउन धेरै वाचा गरेका छन्। आफ्नो कार्यकालमा ट्रम्पले अमेरिकी कम्पनीहरूलाई अगाडि बढाउन धेरै वाचा गरेका थिए, त्यसपछि अधिकांश व्यवसायी ट्रम्पको समर्थनमा आएका थिए ।
मेटा ट्रम्पलाई भुक्तान गर्ने पहिलो कम्पनी भने होइन, गत डिसेम्बरमा एबीसी न्यूजले ट्रम्पद्वारा दायर गरेको मानहानि मुद्दालाई सुल्झाउन १५ मिलियन तिर्न सहमत भएको थियो। च्यानलका शीर्ष एन्करले ट्रम्पको बारेमा गरेको टिप्पणीलाई लिएर यो मुद्दा दायर गरिएको थियो ।
सम्बन्धित समाचार
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
