कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?
एजेन्सी । पछिल्लो ५० वर्षमा संसारभर करिब एक चौथाइ जनसंख्या फ्याट्टी लिभर ( कलेजोमा बोसो जम्ने समस्या ) बाट प्रभावित भएको छ । यो समस्या केवल बयस्कहरूमा मात्र सीमित छैन, बालबालिकामाझ पनि उत्तिकै देखिन थालेको छ ।
भारतमा मात्रै ३८ प्रतिशत जनसंख्या यो समस्याबाट पीडित छन् भने ३५ प्रतिशत बालबालिका समेत प्रभावित छन् । चिकित्सकहरूका अनुसार यो रोग जीवनशैलीसँग सम्बन्धित छ । शरीरमा बोसोको मात्रा अत्यधिक भएमा फ्याट्टी लिभरको जोखिम बढ्छ ।
लक्षणविहीन तर गम्भीर समस्या
फ्याट्टी लिभर प्रायस् लक्षणविहीन हुन्छ, तर दीर्घकालीन रूपमा यो गम्भीर स्वास्थ्य समस्याहरूको कारक बन्न सक्छ । मोटोपन, मदिरा सेवन, बोसोयुक्त खानाको अत्यधिक सेवन जस्ता कारणले यो समस्या बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार नियमित व्यायाम, स्वस्थ आहार र तौल नियन्त्रण गर्न सकेमा यो समस्याबाट बच्न सकिन्छ ।
यस्तो अवस्थामा तत्काल स्वास्थ्य परीक्षण गरौँ
– शरीरको तौल उचाइको अनुपातमा ज्यादा भएमा
– गर्धन वरिपरि बोसो जम्मा भएमा
– रगतमा सुगर, कोलेस्टेरोल, एसजीपीटी वा ट्राइग्लिसराइड धेरै भएमा
– गर्धन वरिपरि कालो धब्बा देखिएमा
– नङहरू सेतो देखिन थालेमा
– अस्वस्थ जीवनशैली अपनाइएको छ भने
– दिशाको रंग कालो देखिन थालेमा
– परिवारमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग, कोलेस्टेरोल, क्यान्सर वा स्ट्रोकको इतिहास भएमा
फ्याट्टी लिभरबाट बच्न यी खानेकुरा अपनाऔँ
– स्याउ : दैनिक बोक्रासहितको स्याउ खाँदा शरीरलाई बढी फाइदा पुग्छ ।
– ग्लुकोनयुक्त गहुँको रोटी : यसले शरीरलाई आवश्यक ऊर्जा दिन्छ ।
– हाई फाइबर फुड : कालो चना, सातु, कोदो आदि सेवन गरौँ ।
– रंगीन तरकारीहरू: पत्तागोभी, चुकन्दर, पालक, टमाटर, काँक्रो आदिको नियमित सेवन गरौँ ।
– बेसार : खानामा नियमित बेसार मिलाउँदा फ्याट्टी लिभर कम हुन्छ ।
– तातोपानीमा कागती : बिहानै तातो पानीमा कागती निचोरेर पिउँदा लाभ मिल्छ ।
– ओखर : फ्याट्टी लिभरका लागि वरदान मानिन्छ । दैनिक ४ वटा ओखर खाँदा फाइदा पुग्छ ।
– कफी : चिनी बिनाको कफी पिउनु लाभदायक हुन्छ ।
– सलाद : आफ्नो डाइटमा सलाद अनिवार्य रूपमा समावेश गरौँ ।
स्वस्थ जीवनशैली अपनाएर फ्याट्टी लिभर जस्ता समस्या रोकथाम गर्न सकिन्छ । चिकित्सकहरूसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै स्वस्थ रहौँ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
