• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १५ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १६ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १६ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १६ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १७ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २१ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २३ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल फागुन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, फाल्गुन, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । व्यापार विस्तारको लागि माननीय जनहरूको सहयोग मिल्नेछ । साथै रोकिएका कामहरू सम्पादन हुनेछन् । प्रभावशाली व्यक्तित्वको निर्माण गर्ने समय रहेको छ । पारिवारिक समस्यामा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्न गाह्रो रहेको छ । सञ्चित धनमा केही हानि हुन सक्ला । सन्तानको प्रगति हुनेछ । भौतिक साधन जुट्नेछ । प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ । कार्य क्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन् । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ । स्वास्थ्यको दृष्टिले यो महिना हजुरलाई सामान्य देखिएको छ । कफजन्य समस्याले हजुरलाई सताउन सक्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । पिताको साथ र सहयोग मिल्नेछ । नयाँ वाहन किन्नमा पिताको सहयोग प्राप्त होला । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । प्रतिस्पर्धामा विजय मिल्नेछ । कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ । आर्थिक पक्ष सबल रहनुको साथै नयाँ नोकरीमा सफलता पाइनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नुको साथै संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ । आयका नयाँ स्रोतहरू बढ्नेछन् । स्वास्थ्यलाई लिएर यो महिना सामान्य रहनेछ । ब्लड प्रेसर र शुगर सम्बन्धी समस्या रहेको छ भने चिकित्सकको उचित परामर्श लिनुहोला । सुख सुविधामा धन खर्चका योग छन् । कठिन समयमा मित्रको सहयोग गरेर खुसी मिल्नेछ । सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला । न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । नँया घर प्रवेश आदिका पनि योग बनिरहेका छन् । घरमा मांगलिक कार्यमा धन खर्च हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । धर्म कर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ । राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । भौतिक सुख सुविधा जोड्ने समय रहेको छ । घरको मर्मत आदिमा धन खर्च हुनेछ । कार्य क्षेत्रमा हजुरको योग्यताको मूल्यांकन हुनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्ने सम्भावना रहेको छ । कार्य क्षेत्रमा रोकिएका कार्य सम्पादन हुनेछन् । समाजसेवालाई लिएर नयाँ अभियानहरू थालनीमा माननीयजनहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक वा सामाजिक क्षेत्रमा हानिका योग छन् । भविष्यलाई लिएर नयाँ जग बसाउन सकिनेछ । वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला । शत्रु पक्ष सक्रिय हुनाले मन अस्थिर हुन सक्छ । कार्य क्षेत्रमा झुठो आरोप लाग्न सक्छ । सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ । पारिवारिक उल्झनबाट निस्किन अलि समय लाग्ला । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्नको लागि सही समयको प्रतिक्षा गर्नुहोस् । स्वास्थ्य कमजोर हुनाले दम तथा श्वासप्रश्वासको समस्या देखिन सक्ला । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्ने योग छ । वैदेशिक यात्राको योग छ । विदेशतिरबाट कुनै शुभ सूचना मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ । विवाह आदिका योग बनिरहेका छन् । जीवन साथीसँग रमाइलो भ्रमणको पल बित्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवन साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन उचित समय रहेको छ । कार्य क्षेत्रमा नयाँ परिस्थितिले नयाँ जिम्मेवारी मिल्नेछ । प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग रहेको छ । जीवन साथीद्वारा उपहार मिल्ला । मनोरञ्जनात्मक र कलात्मक क्षेत्रमा समय बित्नेछ । व्यवहारिक पक्ष सुल्झिनेछ । साझेदारी व्यापारबाट मनज्ञ लाभ मिल्नेछ । कार्य क्षेत्रमा झट्टै कसैको विश्वास नगरौं । व्यापार व्यवसायमा विश्वासपात्रबाट धोका मिल्न सक्छ । कानूनी समस्या सुल्झिनेछ । जीवनमा नयाँ आनन्द र नयाँ अनुभूति मिल्नेछ । स्वास्थ्यको दृष्टिले माह सामान्य रहेको छ । रोगबाट मुक्ति मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक दृष्टिले यो महिनामा खर्च धेरै रहनेछ । कार्य क्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । व्यापार व्यवसायमा कानुनी समस्या आउन सक्ला । नयाँ फिल्म आदिमा हजुरलाई सफलता हात लाग्नेछ । बैंकिंग वा मार्केटिंग क्षेत्रबाट मनग्य लाभ मिल्नेछ । नोकरीमा अपयस मिल्नाले मन अशान्त रहनेछ । विदेशतिर ताक्नेहरूलाई यात्रामा बाधा आउनेछ । विद्यार्थीहरूलाई पढाइमा नयाँ विषय सिक्ने अवसर मिल्नेछ । मामाको तर्फबाट कुनै बहुमूल्य उपहार मिल्न सक्ला । कार्य क्षेत्रमा उपलब्धिमूलक कार्य सम्पादन गर्न सकिनेछ । स्वास्थ्य सामान्य रहनेछ । मौसमी बिमारीहरूबाट बच्चाहरूलाई जोगाउनुहोला । पेट सम्बन्धी समस्या छ भने बढ्नेछ । खानपानमा सादा भोजनको उपयोग गर्नुहोस् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उपयुक्त रहेको छ । नयाँ कार्य थालनीको लागि बैंकबाट लोनको समस्या सुल्झीनेछ । पठन पाठनमा आलस्यले गर्दा शिक्षाको क्षेत्रमा समय कमजोर रहनेछ । नोकरीमा स्थान्तरणका योग छन् । व्यापार व्यवसायमा लाभ रहने छ । सन्तानको प्रगतिले मन हर्षित वा आनन्दित रहनेछ । सन्तानको सहयोग र साथ मिल्नेछ । गृहणीहरूको सौन्दर्यका सामानमा धन खर्च हुनेछ । शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले पुरुषार्थी कार्य सम्पादन हुनेछन् । प्रेम सम्बन्ध कसिनेछ वा दाम्पत्य जीवन सुमधुर रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूको साथ सहयोग मिल्नेछ । स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ । घुँडा दुख्ने समस्या बढ्न सक्ला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । महत्वकांक्षी योजना सम्पादन हुनाले यो महिना मन आनन्दित र प्रफुल्लित रहनेछ । समाजमा इष्ट मित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्य सम्पादन हुनेछ, कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । पुरानो मित्रहरूको भेटघाटले पुराना कुराहरू ताजा हुनेछन् । घर परिवारमा मनमुटाव हुन सक्ला । पुरानो विवादलाई लिएर घरमा झगडा हुन सक्छ । डिप्रेसन आदिको समस्या थियो भने वृद्धि हुन सक्छ, समयमा मनोचिकित्सकको सल्लाहले कार्य गर्नुहोला । माताको स्वास्थ्यमा सुधार आउनेछ । स्वास्थ्यको दृष्टिकोणले यो समय सामान्य रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो समय राम्रो रहेको छ । पराक्रममा वृद्धि हुनेछ, साथै नयाँ ठाँउमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ । साहसी बन्नुहोस्, समयले साथ दिनेछ । आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ । नयाँ कामको थालनी हुनेछ । परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ । सोचेको भन्दा पनि राम्रो सफलता प्राप्त हुने समय रहेको छ । बाणीमा संयम राख्नुहोस्, समय उत्तम रहेको छ । नोकरी वा पेशामा अधिकारी वर्गसँग राम्रो तालमेल बन्नेछ । घर परिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् । कार्य क्षेत्रमा गम्भीर र तटस्थ भएर कार्य गर्नुहोस् । स्वास्थ्य सामान्य रहनेछ । ढाड दुख्ने समस्या बल्झिन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । नेटवर्किंग क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन् । सरकारी परीक्षाको तयारी गर्नु हुनेहरूको लागि समय उत्तम रहेको छ । पारिवारिक सम्बन्ध सवल रहनेछ । विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ । कार्य क्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ । कार्य क्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा मिल्नेछ । व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । सामाजिक कार्यमा जनताको समर्थन मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ, घाँटी दुख्ने समस्या हुन सक्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ । कार्य क्षेत्रमा लगनशीलताले पदोन्नतिको योग रहेको छ । कार्य क्षेत्रमा बाणीका प्रभावले हजुरले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ । आकस्मिक धन लाभका योग छन् । शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्राहरूबाट सफलता मिल्नेछ । व्यापार विस्तारको लागि नयाँ रूपरेखा कोरिनेछ । आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन् । घरायसी कामकाजमा धेरै समय व्यतीत हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीको कुरालाई पनि मान दिने प्रयास गर्नुहोला । विद्यार्थीहरूलाई पढाइमा विशेष सफलतादायक समय रहनेछ । इन्जिनियरिंग वा चिकित्साको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । कार्य क्षेत्रमा नयाँ बाधाहरु आउनेछन् । कार्य क्षेत्रमा सहकर्मीहरूबाट सावधान रहनुहोस् । मित्रबाट सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धन आउनाले मन खुसी रहनेछ । अनावश्यक खर्च हुनाले मन अप्रशन्न हुन सक्छ । साहासिक कार्यमा आर्थिक लाभ हुनेछ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य क्षेत्रमन अर्काको विश्वासमा काम नछोड । व्यापार व्यवसायमा व्यापार व्यवसायमा नयाँ काम थालिनको लागि समय उपयुक्त छैन । कार्य क्षेत्रमा बाणीले गर्दा सहयोगीहरूसँग मनमुटाव हुन सक्ला । व्यापारी वर्गलाई व्यापारमा सोचेजस्तो लाभ नमिल्ला । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई पठन पाठन साथै स्वास्थ्यमा पनि समय अनुकूल रहनेछ ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.