• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १३ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १५ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १५ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १५ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १६ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २० घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २२ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ फागुन ०३ देखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, फाल्गुन, ३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा कार्यक्षेत्रमा परिश्रम गरेर कार्य सिद्ध गर्न सकिनेछ । नोकरी वा पेशामा राम्रो लाभ आर्जन गर्न सकिनेछ । साताको मध्यमा दाम्पत्य जीवन सुखमय रहनेछ । व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोला । विदेशतिरको सोचविचार छ भने नयाँ अवसर मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ । साताको मध्यमा प्रतिस्पर्धामा सफलता मिल्नेछ । साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ । साताको अन्तिममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ । घरको साज साजाबटमा धन खर्च हुनेछ । घरमा शुभ मांगलिक कार्यको रूपरेखा बन्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्य र शैक्षिक क्षेत्रमा सम्मान पाइनेछ । दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ । साताको मध्यमा वित्तीय वा सरकारी संस्थाबाट लाभ मिल्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नुको साथै अड्किएको कार्य सम्पादन हुनेछ । साताको अन्तिममा पेट सम्बन्धी समस्याले सताउनेछ । सवारी साधन चलाउँदा सचेत रहनुहोला । श्रमको उचित मूल्यांकन मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । व्यापार व्यवसायमा प्रतिष्ठित व्यक्तिहरूलाई प्रभावित गर्न सकिनेछ । साताको मध्यमा जग्गा जमिनबाट विशेष लाभ प्राप्त हुनेछ । हजुरले सोचेजस्तो परिवारको साथ र सहयोग नमिल्ला । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ । सानोतिनो कुरालाई लिएर सम्बन्धमा मनमुटाब हुन सक्ला । साताको मध्यमा विद्यार्थीहरूको लेखनकलामा निखार आउनेछ । उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको अन्तिममा मेहनतले अध्ययनमा सफलता हासिल गर्न सकिनेछ । अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा समाजिक क्षेत्रमा दायित्व निर्वहन गर्नमा सहयोगीहरुको सहयोग प्राप्त हुनेछ । छर छिमेकीसँगको मनमुटाव सुल्झिनेछ । साताको मध्यमा रोकिएको कार्य प्रारम्भ हुनु साथै नयाँ कार्यतर्फ अग्रसर भइनेछ । आफन्तहरूसंग रमाइलो समय बित्नेछ । साताको अन्तिममा कार्यको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले अधिकारी वर्गहरु असन्तुष्ट रहन सक्छन् । साताको मध्यमा बौद्धिक क्षमताले लक्ष्य पहिल्याउन सकिनेछ । भौतिक संसाधन जुटाउन सकिनेछ । साताको अन्तिममा ठेकापट्टाको कामबाट लाभ मिल्नेछ । न्यायिक वा कानुनी समस्याहरू सुल्झिनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्य क्षेत्रमा परिवारको पूर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । साताको मध्यमा इच्छाशक्ति जुट्नुको साथै लक्ष्य प्राप्ति गर्नमा सहायता मिल्नेछ । व्यापार व्यवसायमा इष्टमित्रको सहयोग मिल्नेछ । साताको अन्तिममा लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ । शत्रुहरू पराजित हुनेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । टाढाका साथी भाइहरूसँग यात्राका योग छन् । साताको मध्यमा आलोचकहरूले दु:ख दिन सक्छन् । अवसरवादीहरूले लाभ उठाउने चेष्टा गर्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा लाभको समय रहेको छ, गोपनीयतामा ध्यान दिनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धार्मिक यात्राका योग छन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ । घरमा बुजुर्गहरूको स्वास्थ्यमा ध्यान राख्नुहोला । साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो काम पनि समयमा सम्पादन गर्न सकिनेछ । शेयर बजारबाट धन आर्जन गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सत्ताको प्रारम्भमा विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको नयाँ अवसर मिल्नेछ । नयाँ कार्य थालिनको लागि समय उपयुक्त छैन । आकस्मिक धनहानिका योग छन् । साताको मध्यमा पहिला गरिएको कार्यहरूबाट मनग्य लाभ प्राप्त हुनेछ । विगतका कमजोरीले मनमा पछुतो पार्नेछ । साताको अन्तिममा खानपानलाई लिएर स्वास्थ्यमा सजग रहनुहोला । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्नमा विश्वास राख्नुहोस् । विश्वास पात्रहरूबाट भनेजस्तो सहयोग नमिल्ला । साताको मध्यमा महत्वकांक्षी कार्य प्रारम्भ गर्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोला । नोकरी वा पेशामा सकेसम्म अरुको विवादस्पद मामिलामा हस्तक्षेप न गर्नुहोस् । साताको अन्तिममा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ साथै परीक्षामा उचित परिणाम पनि मिल्नेछ । घर परिवारसँग मनोरञ्जनात्मक पल बित्नेछ

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.