• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ९ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १० घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ११ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ११ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १२ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १६ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १८ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

कर्नाटककाल मन्दिरपछि मौलापुरमा गुप्तकालको मन्दिर फेला

जानकारी केन्द्र २०८१, फाल्गुन, ७

सञ्जय मिश्रा / रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक  मन्दिर फेला परेको छ।

पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ।

कर्नाटकालीन मन्दिरको छेउमा उत्खननको क्रममा गुप्तकालीन मन्दिर फेला परेको मेयर रिनाकुमारी साहले बताएकी छिन्। पुरातात्विक विभागसमेतको संलग्नतामा उत्खननपश्चात् गुप्तकालीन मन्दिर फेला परेको  साहले बताइन्। पुरातात्विक विभागले नियमित उत्खनन् नगरी कहिले गर्ने र छोड्ने कामले कतिपय वस्तुहरु नष्ट भइरहेको मेयर साहले गुनासो गरेकी छिन्।

‘उत्खनन् गरी परीक्षणका लागि लागि चार वर्षअघि यहाँबाट लगिएको वस्तुहरू पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन,’ उनले भनिन्, ‘कतिपय वस्तुहरू त नष्ट हुन सक्ने भएकाले त्यसलाई परीक्षणपश्चात् सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो। सरकारले पनि यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आवश्यक छ।’

पतौरामा मन्दिर छेउमा पुरातात्विक विभागले उत्खनन् जारी नै राखेको छ। त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ।  मौलापुर नगरपालिका पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित नगरपालिकाले २०७६ सालदेखि प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ। यस वर्ष पनि नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो  फागुन ११ गतेदेखि  सुरू हुँदैछ।

मधानी महायज्ञ प्राचीन यज्ञ हो, यो यज्ञमा बिनाब्राह्मण नै मन्त्रको जप हुने गर्छ। मधानी महायज्ञको फागुन ११  उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।

‘हामीले सक्दो प्रयास जारी राखेका छौं, यहाँको पर्यटन प्रवर्द्धनमा काम भइरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि हाम्रो बलबुता लगाइरहेका छौं। तर केन्द्रले ध्यान नदिएको कारण ओझेलमा परेको छ,’ मेयर साहले भनिन्।

उनले पर्यटन प्रवर्द्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारसँग माग गरेकी छिन्।

‘अहिले जति पनि उत्खनन् भइरहेका छन्, त्यसमध्ये पतौराको सबैभन्दा पुरानो भएकाले गुप्तकालीन ती सम्पदाको संरक्षण, प्रवर्द्धन गर्ने जिम्मेवारी सरकारको हो,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.