• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • ६ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • ८ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • ९ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १२ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १४ घण्टा 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • २. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ३. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • ६. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ७. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • ८. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

२०८१ साल फागुन १० देखि १६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, फाल्गुन, १०

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा स्वास्थ्यमा सुधार हुनेछ। कानुनी समस्याहरू लम्बिनेछ। साताको मध्यमा धर्मकर्ममा रुचि बढ्नेछ। पितासँगको सम्बन्ध प्रगाढ हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ। यात्रा सुखद रहनेछ र नयाँ सम्पर्क बढ्नेछ। सदैव कालभैरवको दर्शन गरि दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक ३ र ७ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई शिक्षामा परिश्रमको उचित परिणाम नमिल्नाले मन निराश रहनेछ। साताको मध्यमा आर्थिक दृष्टिले समय अनुकूल रहनेछ। नयाँ लगानिको लागि उपयुक्त समय रहेको छ। संगीत र कलाको क्षेत्रमा नयाँ भूमिका निर्वाह गर्नुपर्ला। साताको अन्तिममा कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। संवेदनशील मामिलाहरूमा गोपनीयता राख्नुहोस्। सदैव देवी लक्ष्मीको आराधना गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ३ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आय आर्जनका स्रोतहरु बढ्नेछन्। साताको मध्यमा समाजमा प्रतिष्ठित व्यक्तिको सल्लाहलाई बेवास्ता नगरौं। अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला। साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला। सदैव भगवान गणेशलाई दुवो अर्पित गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ९ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनुको साथै भावनात्मक सम्बन्धमा सुधार आउनेछ। साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। मनमा नयाँ कार्य गर्ने उत्साह जाग्नेछ। साताको अन्तिममा प्रेम सम्बन्ध सुमधुर रहनुको साथै विशिष्ट कार्य गर्ने मौका मिल्नेछ। भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ। आकस्मिक हानि हुने सम्भावना रहेको छ। साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ। पुरानो कार्यको प्रशंसा हुनेछ। व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ। साताको अन्तिममा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सुन्तला र सेतो हो भने शुभ अंक १ र ५ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन हुनाले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। साताको मध्यमा निर्णयात्मक काम गर्दा नहतारिनु नै उचित रहेको छ। हातमा लिएको कामको पूर्णताले मनमा खुसी रहनेछ। साताको अन्तिममा विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। कार्यक्षेत्रमा योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। यो साताको शुभ रंग गुलाबी र हरियो हो भने शुभ अंक २ र ६ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा साहसिक कार्य गर्ने समय रहेको छ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साताको मध्यमा घरपरिवारमा व्यक्तिगत कार्यको लागि समय निकाल्नुहोस्। समय सन्दर्भ विचार गरेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला। साताको अन्तिममा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। विगतको श्रमबाट प्रशस्त धन कमाउन सक्नुहुनेछ। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा उद्योग व्यापारबाट धन लाभ हुनेछ। प्रशासनिक वा राजकीय मामिलाहरू सुल्झिनेछन्। साताको मध्यमा घरपरिवारमा आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। धार्मिक यात्राको रूपरेखा कोरिन सक्छ। साताको मध्यमा नियमित कार्यमा फेरबदल गर्नुपर्ला। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी बढ्नेछ। माता को स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सिन्दुरी र बैजनी हो भने शुभ अंक ७ र ९ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा सामाजिक प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। साताको मध्यमा शक्ति बढ्नुको साथै प्रयत्न गरेको कार्यमा छिटै सफलता मिल्ला। साताको अन्तिममा सकारात्मक सोचले काम गर्नुहोस् उत्साह बढ्नेछ। रोजगारको क्षेत्रमा सफलता मिल्नेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ६ र ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। स्वास्थलाई लिएर सचेत रहनुहोला। सवारी साधनमा धन खर्च हुनेछ। साताको मध्यमा कार्यक्षेत्रमा लिएको दायित्वलाई ईमानदारीपूर्वक निभाउनुहोस्। परिश्रम अनुरुपको फल मिल्नेछ। साताको अन्तिममा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ। सदैव गायत्री मन्त्रको जाप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग खैरो र सुन्तला हो भने शुभ अंक ३ र ६ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ मिल्नेछ। चिकित्सा वा कृषिको क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा सफलता मिल्नेछ। अरुको झैँ झगडा सुल्झाउन हजुर अगाडि नबढ्नुहोला। सदैव भगवान भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र निलो हो भने शुभ अंक ४ र ७ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग छ। साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोस्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक ६ र ९ रहेको छ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.