• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १३ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १३ घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १५ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १९ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १९ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • २१ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • २२ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • २. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • ४. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ५. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • ८. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ९. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

जानकारी केन्द्र २०८३, असार, ११

जकार्ता, इन्डोनेसिया । टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रा. लि. र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको बताइएको छ ।

समझदारीपत्रमा ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिम ले हस्ताक्षर गरे । यस सहकार्यमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षा सम्बन्धी विश्वव्यापी अनुभव र ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गर्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याइनेछ ।

विश्वविद्यालय तथा सरकारी निकायलाई सहयोग :  नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मूल्याङ्कन तथा रणनीतिक विकासका क्षेत्रमा सहकार्य गरिनेछ । साथै, विश्वस्तरीय अभ्यास, तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया र संस्थागत सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

“स्टडी इन नेपाल” अभियानको प्रवद्र्धन : नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित “स्टडी इन नेपाल” अभियानलाई विश्वस्तरमा प्रवद्र्धन गर्ने सम्भावनाहरू खोजिनेछन् ।

यस पहलमार्फत नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्षमता, अनुसन्धानका अवसर तथा उत्कृष्ट अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ। साथै, नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्यको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

संस्थागत विकास र रणनीतिक परामर्श  : दुवै संस्थाले विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणाली सुदृढीकरण, सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि, संस्थागत रूपान्तरण तथा नीतिगत सुधारका क्षेत्रमा सहकार्य अघि बढाउनेछन् ।

साथै, नेपालमा शैक्षिक, संस्थागत, सरकारी तथा कर्पोरेट परामर्शसम्बन्धी सम्भावित परियोजनाहरूको पहिचान र कार्यान्वयनका अवसरहरू पनि संयुक्त रूपमा खोजिनेछन् ।

समझदारीपत्रमा हस्ताक्षरपछि ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर ले भने, “नेपालको उच्च शिक्षा क्षेत्र परिवर्तनको महत्वपूर्ण चरणमा छ। दिगो प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्य, विश्वस्तरीय ज्ञान र स्थानीय आवश्यकतालाई विश्वव्यापी अवसरसँग जोड्न आवश्यक छ। टाइम्स हायर एजुकेसनसँगको यस सहकार्यले नेपाली विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि, ‘स्टडी इन नेपाल’ अभियानको प्रवद्र्धन तथा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहभागिताका नयाँ अवसर सिर्जना गर्न मद्दत गर्नेछ ।”

उनले नेपालसँग गुणस्तरीय शिक्षा, युवा जनशक्ति, अनुसन्धान र क्षेत्रीय नेतृत्वका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिम ले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना भएको देश रहेको बताउँदै विश्वविद्यालय, सरकार र अन्य सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउन आफ्नो संस्था प्रतिबद्ध रहेको बताए ।

उनले भने : “हामी ग्लोकलसँग सहकार्य गर्दै नेपालका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता, क्षमता विकास, प्रभाव मापन तथा विश्वव्यापी सहभागिता अभिवृद्धिका अवसरहरू विस्तार गर्न उत्साहित छौं । उनले विश्वविद्यालय, सरकार, उद्योग र विश्वव्यापी ज्ञान सञ्जालबीच बलियो सहकार्यमार्फत दिगो र प्रभावकारी परिवर्तन सम्भव हुनेमा जोड दिए ।

यो साझेदारी ज्ञान आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक परामर्श तथा नवप्रवर्तनात्मक पहलमार्फत नेपालको उच्च शिक्षा क्षेत्रलाई थप सशक्त बनाउने साझा प्रतिबद्धताको प्रतीक हो।

नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भूमिका विस्तार गरिरहेको वर्तमान अवस्थामा यस सहकार्यले विश्वविद्यालय, नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको बताइएको छ।

दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगारी, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर नेपालको उच्च शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रभावकारी र विश्वस्तरमा परिचित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

ग्लोकल प्रा. लि. शिक्षा, सीप विकास, रोजगारीयोग्यता, उद्यमशीलता, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत नेपाली संस्था हो। ग्लोकल टिन हिरो, स्किल विक, ग्लोकल अफ्टर स्कूल, युथ डाइलग तथा सीईओ अनप्लग्डजस्ता पहलमार्फत यसले नेपाल तथा दक्षिण एशियाका हजारौं युवासँग काम गर्दै आएको बताइएको छ।

टाइम्स हायर एजुकेसन विश्वका अग्रणी उच्च शिक्षा तथ्याङ्क, र्याङ्किङ, अनुसन्धान तथा विश्लेषण प्रदान गर्ने संस्थामध्ये एक हो । यसले विश्वभरका विश्वविद्यालय, सरकार तथा शैक्षिक संस्थाहरूलाई उच्च शिक्षामा उत्कृष्टता, प्रभाव, अन्तर्राष्ट्रियकरण र नवप्रवर्तन प्रवद्र्धन गर्न सहयोग गर्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

ताजा

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.