छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु
रौतहट । मौलापुर नगरपालिकाद्धारा आयोजित छैटौँ मधानी महोत्सव औपचारिक रूपमा आईतवारदेखि सुरु भएको छ । मौलापुर पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित आयोजना गरिएको पाँचदिने मधानी महायज्ञ सुरु भएको हो ।
महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रूपमा विधिवत उद्धघाट गरेसंगै सुरु भएको छ ।
२०७६ साल देखी प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण , नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने आयोजकले विश्वास लिएको छ ।
पूर्व मन्त्री प्रभु साहले साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ भनेका छन्। दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउछ ।
नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सबैको चासो रहेको बताउदै उनले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउँनुपर्ने विचार राखेका थिए। नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडी बढीरहेको उनले बताए ।
महोत्सवको अवसरमा आयोजित साक्षारता अभियानले मौलापुरको गौरब बढाएको बताउदै पूर्व मन्त्री साहले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए। शुन्य कर नीतिदेखी लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदहरणीय रहेको बताउदै साहले अरु नगरपालिकाले समेत सिक्ने आइरहेकोमा खुशी व्यक्त गरेका थिए।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भईरहेको बताउदै मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसंग गरिन् ।
मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखी सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


