मौलापुर मधानी महायज्ञमा दर्शनार्थीको भिड
रौतहट – रौतहटको मौलापुर नगरपालिकाको पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको मंगलबार विशेष पूजा सम्पन्न भएको छ। मधानी महायज्ञको तेस्रो दिन विशेष पूजा भएको हो।
मौलापुर नगरपालिकाको आयोजना भइरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ। तेस्रो दिन विभिन्न शिवमण्डलीका बीच प्रतिस्पर्धा भएको छ। मधानी महोत्सव हेर्नेको भिड लागेको छ।
नेपाल र भारतका दर्शनार्थीहरु पतौराधाममा मधानी महायज्ञ हेर्न आएका छन्। बुधबार विशेष सांस्कृतिक कार्यक्रम र बिहीबार प्राचीन खेल दंगसँगै सम्पन्न हुन्छ।
मधानी महायज्ञमा नेपालसहित भारतका दर्शनार्थीहरूको भिड लागेको छ। यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ। ‘मधानी महायज्ञ नेपाल-भारत सम्बन्धको सेतु बनेको छ,’ मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले भनिन्।
प्रत्येक वर्ष भगवान शिव-पार्वतीकोको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन्।
नेपाल र भारतका दर्शनार्थीहरू दर्शन गर्न यहाँ आउने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउने विश्वास उनले व्यक्त गरिन्।
सोमबार भगवान शिवको बरात यात्रा निस्केको थियो। नेपालमै पहिलो पटक पतौराधाममा भगवान शिवको बरात यात्रा निस्केको साहको दाबी छ।
भगवान शिवको वरात यात्रामा हजारौंको सहभागिता रहेको थियो। बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, विष्णुसँगै ५६ कोट देवतासहित बोमबम कवरियाका साथै स्थानीयहरू सहभागी रहेका थिए।
मौलापुर नगरपालिका पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित महायज्ञ सुरू भएको थियो।
मेयर साहको अध्यक्षतामा उद्घाटन भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा-साक्षारत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
१४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ।
आयोजकका अनुसार यस वर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरू आउँदैछन्। हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवम् सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवम् अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुति रहने आम सांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विजले बताए।
यसैगरी, मधानी महायज्ञमा महाकुम्भ मेलाकी भाइरल गर्ल मोनालिसासहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पण्डित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना शिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रिती आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बिसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कलाकारहरूको समेत सहभागिता हुँदैछ।


सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

