• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ६ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • ९ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १० घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • ११ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १२ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १४ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १५ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १५ घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ३. पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

  • ४. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ५. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध

जानकारी केन्द्र २०८१, फाल्गुन, २८

काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।

सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताएका छन् ।

विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको बताइएको छ ।

त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ । निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्द समेत नराख्न भनेको छ ।

फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योलमा रहेको छ । कानुनमा सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन नपाइने व्यवस्था रहेपनि फिल्म सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको छ ।

प्रदर्शनउन्मुख फिल्म सेन्सरले रोकेपछि कलाकार, निर्माता निर्देशकहरुले भने आपत्ति जनाएका छन् ।

दीपक राज गिरीले सेन्सरको रोकेकोप्रति विरोध गर्नुपर्ने बताउदै सामाजिक सञ्जालमा लेखेका छन्- ‘सर ! सुन्नुस न सर ! जे भन्नु हुन्छ त्यो काट्छू सर ! रिलिज डेट नै फिक्स भैसक्यो सर ! हो ,यसरी सरका सर लगाएकोले नै सेन्सर भाको हो ! मिलेर बिरोध गरौ ।

त्यस्तै अर्का कलाकार तथा निर्माता निर्देशक निश्चल बस्नेतले पनि सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘सेन्सरले ‘राजागंज’लाई रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै रियालिस्टिक भए पनि रियल हुँदैन । यो कलाको एक काम हो । आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।’

त्यसैगरी अर्का फिल्मकर्मी मनोज पण्डितले अब नेपालमा राजनीतिक विषयमा फिल्म नै बन्न नसक्ने स्थिति आएको बताएका छन् । उनले लेखेका छन्- ‘नेपालमा राजनीतिक विषयमा चलचित्र नै बन्न नसक्ने स्थिति आइसक्यो जबकि, आज देशको मुल समस्या नै राजनीतिसँग जोडिएको छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.