• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.