काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रति तोला ४ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधार चाँदी तोलाको २ हजार रुपैयाँमा कारोबार भएको थियो ।