आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ २० पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ६२ पैसा कायम गरिएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम गरिएको थियो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ६८ पैसाले घटेको छ । बुधबार यसको खरिदमूल्य १५१ रूपैयाँ १२ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ७८ पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

