महायज्ञका नाममा दलित माथी ज्यादती , पीडित परिवार विस्थापित
सिरहा । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन्। घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादबलाइ प्रहरीले पक्राउ गरेपछी उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिक घरपरिवार बिस्थापित भएका हुन् ।
रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए । असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएका छन्। दिपक आफै भने गाउँकै एक जनाको घरमा बसोवास गरेको स्थानीयले बताएको छ।
उनका छोराछोरीहरु भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए। प्रहरीले सुरक्षाका कारण दिपकका परीवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।
घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलाई पक्राउ गरे पछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।
औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

