Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ११
आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ५४ पैसाले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि सोमबार यसको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा थियो ।

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ १७ पैसाले घटेको छ । सोमबार यसको खरिदमूल्य १४८ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स