केशरीः च्याप्टर २ रिलिज अगावै ५ विभिन्न सहरमा देखाइने
मुम्बई । केसरीको धेरै वर्षपछि अब निर्माताले यस्तै एउटा ऐतिहासिक चलचित्र ‘केशरी २’ (केसरी च्याप्टर २) दर्शकका लागि ल्याइरहेका छन् । फिल्ममा जलियावाला बाग हत्याकाण्डको कथा केही नयाँ पात्रका साथ देखाइनेछ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई हेर्दा अभिनेता यसपटक दमदार भूमिकामा देखिने देखिन्छ ।
तर तपाईलाई थाहा छ केशरी २ रिलिज हुनुअघि हेर्न सकिने भएको छ । जबकी चललचित्र छिट्टै हलमा आउँदैछ । दि तपाईं अक्षय कुमार, आर माधवन र अनन्या पाण्डेको सच्चा फ्यान हुनुहुन्छ र रिलिज हुनुअघि नै फिल्म हेरेर आनन्द लिन चाहनुहुन्छ भने निर्माताहरूले तपाईंको लागि यस्तो सुविधा ल्याएका छन्।
फिल्म टिमले देशका पाँच ठूला सहर दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता र चण्डीगढमा विशेष प्रि(रिलिज स्क्रिनिङ आयोजना गर्ने भएको छ । यसको मतलब केहि भाग्यशाली दर्शकहरूले फिल्म रिलिज हुनु अघि नै हेर्ने मौका पाउनेछन्। यसको लागि दर्ता सोमबार अप्रिल १४ बाट सुरु हुनेछ।
अक्षय कुमारले यो फिल्मलाई निकै पर्सनल र स्पेशल भनेका छन् । ट्रेलर लञ्चको क्रममा उनले भने, ‘मेरो बुवाको जन्म जलियावाला बागको अगाडि भएको थियो र मेरो हजुरबुवाले त्यो डरलाग्दो दृश्य आफ्नै आँखाले देखेका थिए। त्यसैले मेरो लागि यो फिल्म एउटा प्रोजेक्ट मात्र होइन, यो एउटा भावना हो।’
यस फिल्मको कथा सन् १९१९ को जलियावाला बाग नरसंहारमा आधारित छ। ट्रेलरमा केही यस्ता दृश्यहरू देखाइएको छ, जुन निकै डरलाग्दो छ । यस फिल्ममार्फत जलियाँवाला बागको सत्यता उजागर गर्ने प्रयास गरिने छ । रिपोर्टका अनुसार अक्षय कुमारले फिल्ममा वकिल सी शंकरन नायरको भूमिका निर्वाह गरेका छन् ।
सम्बन्धित समाचार
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
