शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने
जानकारी केन्द्र
२०८२, बैशाख, १६
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।
सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुबेदीले राती नै भनेका थिए ।
आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः ०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ।’
गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको हो ।
सम्बन्धित समाचार
त्रिविको कडा परीक्षा आचारसंहिता लागु, नियम उल्लंघन गरे परीक्षा रद्द
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

