देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव : तीन प्रदेशमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ । लुम्बिनी प्रदेश प्रदेशका तराईका थोरै स्थानहरूमा समेत हावाहुरीको समेत सम्भावना रहेको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
देशैभरी मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

