• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

सियोल । दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्।

खासमा तिनीहरू हिउँको पानी मुनी प्रवेश गर्छन्, गहिराइमा पुग्छन् र समुद्री शैवाल, शंखको गोला, ओइस्टर, माछा र एबलोन (एक प्रकारको समुद्री शंख) बाहिर निकालिरहेका छन । यो चलन शताब्दीयौं पुरानो भए पनि आज पनि ६० देखि ८० वर्षसम्मका महिलाले यसलाई दैनिक पालना गरिरहेका छन् ।

तर, अहिले  वैज्ञानिकहरूले यी महिलाहरूको असाधारण साहस र क्षमताको रहस्य पत्ता लगाएका छन्। तिनीहरूको डिएनएमा लुकेको एक अद्वितीय आनुवंशिक अनुकूलन छ, जसले तिनीहरूलाई सामान्य मानिसहरू भन्दा पूर्ण रूपमा फरक बनाइरहेको छ ।

सेल रिपोर्ट्स साइन्टिफिक जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार ‘हेनियो’ महिलाको शरीरमा दुईवटा प्रमुख आनुवंशिक उत्परिवर्तन भएको पाइएको छ । यसले उनीहरूलाई साधारण मानिसभन्दा लामो समयसम्म समुद्रमा बाँच्न सक्ने शक्ति दिइरहेको छ।

पहिलो अनुकुलनः यी महिलाहरूमा अरू मानिसहरू भन्दामा एक जीन भिन्नता फेला परेको छ, जसले पानीमा डुबुल्की मार्दा रक्तचाप स्थिर राख्छ। यसबाट उनी आफूलाई सुरक्षित मात्र राख्दैनन् तर गर्भावस्थामा रहेको उनको बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छैन ।

दोस्रो अनुकूलनः दोस्रो अनुकूलनले चिसोले गर्दा हुने पीडालाई सहन सक्ने असाधारण क्षमता उनीहरूसँग छ । चिसो हावा, तापक्रम झन्डै शून्य डिग्री सेल्सियसमा झर्दा पनि यीनीहरूमा  खासै असर पर्दैन । 

जब वैज्ञानिकहरूले उनीहरूलाई हिउँ परेको मौसममा पनि डाइभिङ गरिन्छ कि गरिन्न भनेर सोधेका थिए, उनीहरूको जवाफ थियो, ‘हावाको अलार्म बज्दासम्म हामी समुन्द्रमा डुबि रहन सक्छौं ।’

खासमा जेजु टापु दक्षिण कोरियाको मुख्य भूमिबाट करिब ८० किलोमिटर टाढा रहेको छ। त्यहाँका ‘हेनियो’ नारीहरू स्थानीय संस्कृतिका प्रतीक हुन्। 
वैज्ञानिक भन्छन् कि जेजु बोलीमा छोटो वाक्य र द्रुत सञ्चार शैली सम्भवतः चाँडो विकसित भएको हुन सक्छ किनभने महिला गोताखोरहरू सतहमा आएपछि छिट्टै एक अर्कासँग चाँडै कुराकानी गर्न सक्छन्।

कतिपय ‘हेनियो’ महिला गर्भवति हुदाँ पनि डुब्ने क्षमता राख्छन् जबकी यो अवस्था ‘प्रिक्लाम्पसिया’ जस्ता रक्तचाप सम्बन्धी जटिलताहरूको लागि धेरै संवेदनशील मानिन्छ। तैपनि, यी महिलाहरू गहिराइमा झर्छन्, घण्टौंसम्म सास रोक्न सक्छन् र बिना थकान फर्किन्छन्।

वैज्ञानिकहरू विश्वास गर्छन् कि ‘हेनियो’ महिलाहरूको शक्ति उनीहरूको डीएनएमा मात्र नभई उनीहरूको जीवनभरको कडा परिश्रम र अभ्यासमा पनि रहेको छ। जब एक औसत व्यक्ति डुबुल्की मार्छ, उसको मुटुको धड्कन प्रति मिनेट औसत २० बीटले घट्छ। तर एक प्रशिक्षित हेनियो गोताखोरको मुटुको धड्कन दुई गुणा ढिलो हुन सक्छ, यसको मतलब उसले आफ्नो शरीरको अक्सिजन धेरै कुशलतापूर्वक प्रयोग गरिरहेको छ।

यही कारणले गर्दा यी वृद्ध महिलामा स्ट्रोक र उच्च रक्तचाप जस्ता रोगको दर निकै कम देखिएको छ । यसले यो पनि संकेत गर्दछ कि उनीहरूको डीएनएले भविष्यमा उच्च रक्तचाप वा स्ट्रोकसँग सम्बन्धित रोगहरूको उपचारमा नयाँ दिशाहरू प्रदान गर्न सक्षम रहेका छन् ।

युटा युनिभर्सिटीकी आनुवंशिकी अनुसन्धानकर्ता मेलिसा इलार्डो भन्छिन्, ‘यदि हामीले यी महिलाहरूको यो अद्वितीय क्षमताले कसरी काम गर्छ भनेर बुझ्न सक्यौं भने हामी उच्च रक्तचाप वा स्ट्रोक जस्ता रोगहरूको उपचारमा विश्वभरका मानिसहरूलाई मद्दत गर्न सक्छौं।’

  • international
  • technology
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

लोकप्रिय

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

ताजा

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
  • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
  • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
  • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.