• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ जेठ २०८३, शनिबार
०२ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • ६ घण्टा 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
  • ९ घण्टा 

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
  • १० घण्टा 

पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै
  • १२ घण्टा 

२०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • २. नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

  • ३. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ४. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ५. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • ६. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • ७. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

  • ८. २०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

अक्सिजनबिना घण्टौं पानी भित्र बाँच्ने काेरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

admin २०८२, जेष्ठ, ७

सियोल । दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्।

खासमा तिनीहरू हिउँको पानी मुनी प्रवेश गर्छन्, गहिराइमा पुग्छन् र समुद्री शैवाल, शंखको गोला, ओइस्टर, माछा र एबलोन (एक प्रकारको समुद्री शंख) बाहिर निकालिरहेका छन । यो चलन शताब्दीयौं पुरानो भए पनि आज पनि ६० देखि ८० वर्षसम्मका महिलाले यसलाई दैनिक पालना गरिरहेका छन् ।

तर, अहिले  वैज्ञानिकहरूले यी महिलाहरूको असाधारण साहस र क्षमताको रहस्य पत्ता लगाएका छन्। तिनीहरूको डिएनएमा लुकेको एक अद्वितीय आनुवंशिक अनुकूलन छ, जसले तिनीहरूलाई सामान्य मानिसहरू भन्दा पूर्ण रूपमा फरक बनाइरहेको छ ।

सेल रिपोर्ट्स साइन्टिफिक जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार ‘हेनियो’ महिलाको शरीरमा दुईवटा प्रमुख आनुवंशिक उत्परिवर्तन भएको पाइएको छ । यसले उनीहरूलाई साधारण मानिसभन्दा लामो समयसम्म समुद्रमा बाँच्न सक्ने शक्ति दिइरहेको छ।

पहिलो अनुकुलनः यी महिलाहरूमा अरू मानिसहरू भन्दामा एक जीन भिन्नता फेला परेको छ, जसले पानीमा डुबुल्की मार्दा रक्तचाप स्थिर राख्छ। यसबाट उनी आफूलाई सुरक्षित मात्र राख्दैनन् तर गर्भावस्थामा रहेको उनको बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छैन ।

दोस्रो अनुकूलनः दोस्रो अनुकूलनले चिसोले गर्दा हुने पीडालाई सहन सक्ने असाधारण क्षमता उनीहरूसँग छ । चिसो हावा, तापक्रम झन्डै शून्य डिग्री सेल्सियसमा झर्दा पनि यीनीहरूमा  खासै असर पर्दैन । 

जब वैज्ञानिकहरूले उनीहरूलाई हिउँ परेको मौसममा पनि डाइभिङ गरिन्छ कि गरिन्न भनेर सोधेका थिए, उनीहरूको जवाफ थियो, ‘हावाको अलार्म बज्दासम्म हामी समुन्द्रमा डुबि रहन सक्छौं ।’

खासमा जेजु टापु दक्षिण कोरियाको मुख्य भूमिबाट करिब ८० किलोमिटर टाढा रहेको छ। त्यहाँका ‘हेनियो’ नारीहरू स्थानीय संस्कृतिका प्रतीक हुन्। 
वैज्ञानिक भन्छन् कि जेजु बोलीमा छोटो वाक्य र द्रुत सञ्चार शैली सम्भवतः चाँडो विकसित भएको हुन सक्छ किनभने महिला गोताखोरहरू सतहमा आएपछि छिट्टै एक अर्कासँग चाँडै कुराकानी गर्न सक्छन्।

कतिपय ‘हेनियो’ महिला गर्भवति हुदाँ पनि डुब्ने क्षमता राख्छन् जबकी यो अवस्था ‘प्रिक्लाम्पसिया’ जस्ता रक्तचाप सम्बन्धी जटिलताहरूको लागि धेरै संवेदनशील मानिन्छ। तैपनि, यी महिलाहरू गहिराइमा झर्छन्, घण्टौंसम्म सास रोक्न सक्छन् र बिना थकान फर्किन्छन्।

वैज्ञानिकहरू विश्वास गर्छन् कि ‘हेनियो’ महिलाहरूको शक्ति उनीहरूको डीएनएमा मात्र नभई उनीहरूको जीवनभरको कडा परिश्रम र अभ्यासमा पनि रहेको छ। जब एक औसत व्यक्ति डुबुल्की मार्छ, उसको मुटुको धड्कन प्रति मिनेट औसत २० बीटले घट्छ। तर एक प्रशिक्षित हेनियो गोताखोरको मुटुको धड्कन दुई गुणा ढिलो हुन सक्छ, यसको मतलब उसले आफ्नो शरीरको अक्सिजन धेरै कुशलतापूर्वक प्रयोग गरिरहेको छ।

यही कारणले गर्दा यी वृद्ध महिलामा स्ट्रोक र उच्च रक्तचाप जस्ता रोगको दर निकै कम देखिएको छ । यसले यो पनि संकेत गर्दछ कि उनीहरूको डीएनएले भविष्यमा उच्च रक्तचाप वा स्ट्रोकसँग सम्बन्धित रोगहरूको उपचारमा नयाँ दिशाहरू प्रदान गर्न सक्षम रहेका छन् ।

युटा युनिभर्सिटीकी आनुवंशिकी अनुसन्धानकर्ता मेलिसा इलार्डो भन्छिन्, ‘यदि हामीले यी महिलाहरूको यो अद्वितीय क्षमताले कसरी काम गर्छ भनेर बुझ्न सक्यौं भने हामी उच्च रक्तचाप वा स्ट्रोक जस्ता रोगहरूको उपचारमा विश्वभरका मानिसहरूलाई मद्दत गर्न सक्छौं।’

  • international
  • technology
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

ताजा

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.