Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, जेष्ठ, ७
सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। ।

कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।  हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स