• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १२ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १४ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १४ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १५ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • २१ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २२ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

अवैध लागूऔषधसहित २० जना पक्राउ

जानकारी केन्द्र २०८२, जेष्ठ, ८

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न २० जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र नगद २३ हजार २ सय रूपैयाँ सहित काठमाडौं बल्खु डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लिम्बु समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले लिम्बुको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २२ वर्षीय लाल सिंह कार्कीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ सत्यनारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय धिरन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोइलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ३२ वर्षीय जित प्रसाद सापकोटालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्राम सहित महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पासपेन १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २५ वर्षीय अभिषेक लिम्बु र सोही नगरपालिका-७ जिरोप्वाईन्ट बस्ने १९ वर्षीय सागर सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका-५ हरिपुर टोल बस्ने ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घर अगाडि हिडिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम र नगद ४३ हजार ८० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नुर्फिन ७ एम्पुल, फेनारगन ५ एम्पुल, एनारगन ३ एम्पुल, ट्रामाडोल २ ट्याब्लेट र नगद १ लाख ९ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१६ मंगलपुर बस्ने ३० वर्षीय सुनिल सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घट्टेखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल सहित सोही गाउँपालिका-८ धम्पुस बस्ने ४२ वर्षीय युवराज गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कबिर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.