हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा
मुम्बई । बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो ।
तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी र अक्षय कुमारले पनि परेश रावलले फिल्म छोडेको कुनै खबर पाएनन्, अचानक उनीहरूले सामाजिक सञ्जालको सहारा लिनु परयो ।
फिल्ममा परेश रावल प्रतिष्ठित बाबु रावको भूमिकामा देखिँदै थिए । जसमा अक्षय कुमार राजुको भूमिकामा र श्यामको भूमिकामा सुनिल शेट्टी देखिने वाला पनि थिए । ‘हेराफेरी’ र ‘फिर हेराफेरी’मा तीन जनाको जोडीलाई फ्यानहरुले निकै रुचाएका थिए ।
बाबुरावको भूमिकामा परेश रावलले आफ्नो ज्यान दिएका थिए । तर, अब परेश रावलले फिल्म छाडेपछि अब यो भूमिका कसले गर्ने भन्ने प्रश्न फ्यानहरुको मनमा उठेको छ ।
फिल्ममा परेश रावललाई ‘रिप्लेस’ गरेर बाबु रावको भूमिकालाई न्याय दिने उद्योगमा धेरै कलाकारहरू रहेका छन् । यस लिस्टका लागि पंकज त्रिपाठी, बोमन इरानी, गजराज राव, सञ्जय मिश्रा र अन्नु कपूरजस्ता स्टारहरूको नाम अहिले चर्चामा आइरहेका छन् किनभने यी कलाकारहरूले वर्षौंदेखि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई मनोरञ्जन दिइरहेका छन्। उनको कमिक टाइमिङ पनि गजबको छ र उनीहरू ‘बाबु राव’ को भूमिकाको लागि उत्तम विकल्प हुन सक्छन्।
तर, फिल्ममा परेश रावलको ‘रिप्लेसमेन्ट’ को बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । फिल्ममा परेश रावल फेरि आउने वा अन्य कलाकारले यो भूमिका निर्वाह गर्ने भन्ने बारे अहिलेसम्म कुनै अपडेट छैन । तर, उनले फिल्म छाडे पछि अक्षयकुमारले परेश रावल माथी २५ करोड क्षतिपुर्तिको नोटिस पठाएका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
