Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ११
२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा आँटेको कार्यमा सफलता मिल्नेछ। व्यवसायीहरूको लागी समय लाभदायी रहनेछ। साताको मध्यमा विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बोलिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। साताको मध्यमा रोकिएका कार्य बिस्तारै अघि बढ्नेछन्। कार्यक्षेत्रमा शुभचिन्तकको सलाहलाई वेवस्था नगर्नुहोस्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा संचित धनमा वृद्धिका योग छन्। कला र संगीतको क्षेत्रमा सफलता मिल्नेछ। साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। साताको अन्तिममा इष्टमित्रहरूको राम्रो सहयोग मिल्नेछ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। सेवामूलक कार्यबाट लाभार्जन गर्न सकिनेछ। साताको मध्यमा समयको वेवस्था गर्दा व्यवहारमा पछाडि परिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साताको अन्तिममा सन्तानको उन्नति र प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। नयाँ प्रेम सम्बन्ध स्थापित होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा विशेष कामको जग बसाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा दौडधुप धेरै गर्नुपर्ला। साताको मध्यमा नोकरी वा पेशामा सकारात्मक सोचले जीवनमा बदलाव लिएर आउनेछ। साताको अन्तिममा परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा महत्त्वपूर्ण निर्णयहरूमा परिवारको सलाह लिनुहोस्। आवश्यक किनमेल भन्दा वाहेक अन्य फजुल खर्चबाट बच्नुहोला। साताको मध्यमा आर्थिक लगानी र श्रम गरेपनि दिन उत्साहवर्धक रहनेछ। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा सहकारी संस्थाबाट लाभ आर्जन हुनेछ। रोकिएका प्रशासनिक कार्यहरू प्रारम्भ हुनेछन्। साताको मध्यमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ साथै उद्योग जगतमा नयाँ किर्तिमान स्थापित गर्न सक्नुहुनेछ। साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आत्मचिन्तनको समय रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा कार्यक्षेत्रमा लगनशीलताले सफलता निम्त्याउनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। साताको मध्यमा कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। छरछिमेकीहरूसँग वादविवाद नगर्नुहोला। साताको अन्तिममा कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। साताको अन्तिममा आर्थिक पक्ष सामान्य रहनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नु हुनेछ। नयाँ कार्य गर्नमा मन लाग्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजन को आनन्द पाइएला। साताको मध्यमा बिछोडिएका परिवारजनहरूसँग भेटघाटका योग छन्। साताको अन्तिममा कार्यक्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ। रुचिको कार्यमा मन लाग्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोस्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। साताको मध्यमा बोलीको माध्यमले कार्य सिद्धि गर्न सक्नुहुनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। साताको अन्तिममा साहस र उत्साहमा वृद्धि हुनेछ। कानुनी समस्याहरु समाप्त हुनेछन््र ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। साताको मध्यमा आस मरेका काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। साताको अन्तिममा धनको अभावले चिताएको कार्य सम्पादन गर्नमा बाधा आउनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

Top Changing Nepal

युट्युब सट्स