शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का
काठमाडौं । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो ।
उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्।
विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा जिम्मेवारीसँगै शुभमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ। उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विशेष उपहार पनि दिन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।
शुभमन गिल हाल बीसीसीआईको केन्द्रीय सम्झौताको ए ग्रेड सूचीमा पर्ने देखिएका छन किनभने आगामी केन्द्रीय सम्झौता अनुसार उनले बढुवा पाउने लगभग पक्का देखिएको छ । गिलको कप्तानी र लगातार प्रदर्शनलाई ध्यानमा राख्दै उनलाई अर्को बीसीसीआई केन्द्रीय अनुबन्धमा ए ग्रेडमा बढुवा गर्न सकिन्छ।
यदि यस्तो भयो भने उनले वार्षिक रूपमा ७ करोड भारतीय रुपैयाँ पाउनेछन्, जुन उनको करियरको लागि ठूलो इनाम हुनेछ । हाल उनले बीसीसीआईबाट वार्षिक ५ करोड रुपैयाँ पाईरहेका छन । तर, टेस्ट कप्तान बने पछि उनको थप जिम्मेवारी र महत्व बढेको छ ।
खासमा ए प्लस ग्रेडमा समावेश भएका खेलाडीहरूले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् र यो ग्रेड सामान्यतया ती खेलाडीहरूको लागि आरक्षित हुन्छ, जसले सबै ढाँचामा नियमित खेल्न सक्छन वा टोलीमा असाधारण योगदान दिन सक्छन्। हाल रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा र जसप्रित बुमराह ए प्लस ग्रेडका खेलाडीको रूपमा रहेका छन् ।
तर रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले अब तीनवटै फर्म्याट खेल्ने छैनन्। यस्तो अवस्थामा आगामी केन्द्रीय सम्झौताका लागि यी खेलाडीको डिमोसन निश्चित छ, जसले गिललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

