कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक
जानकारी केन्द्र
२०८२, जेष्ठ, १३
काठमाडौं । श्रीलंकाको कोलम्बोमा २०२५ मे २४ र २५ मा सम्पन्न ९औँ एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेका छन् ।
यो प्रतियोगितामा नेपालबाट रवि शाहीको नेतृत्वमा खेलाडी र रेफ्रीहरूको टोली सहभागी भएको थियो । एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते । करिना पुरीले सिनियर कुमुते-५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् ।
खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो । नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए । सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन् ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

