विश्व बैंकद्वारा ऊर्जा र सिंचाइ पूर्वाधारका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत
काठमाडौं । विश्व बैंकले नेपालको विद्युत् आपूर्ति प्रणाली सुधार र सिँचाइ सेवाको स्तरोन्नतिका लागि २५ करोड ७० लाख अमेरिकी डलर (झण्डै ३४ अर्ब नेपाली रुपैयाँ) बराबरको ऋण सुविधा स्वीकृत गरेको छ।
विश्व बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको निर्देशक समितिको बैठकबाट दुईवटा परियोजनाका लागि ऋण स्वीकृत गरिएको जनाएको छ। परियोजनाहरूले नेपालको पूर्वाधार विकासमा उल्लेखनीय टेवा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
प्राप्त ऋणमध्ये १२ करोड अमेरिकी डलर विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनामा खर्च हुनेछ। यस परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण प्रणालीलाई बलियो र भरपर्दो बनाइनेछ। नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने यो परियोजनामा सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति र निगरानी प्रणालीको स्वचालन समावेश छ।
यस्तै, बाँकी १३ करोड ७० लाख अमेरिकी डलर रानी–जमरा–कुलरिया सिँचाइ आयोजना ९तेस्रो चरण० का लागि छुट्याइएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने यस परियोजनाले थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्याउनेछ। यसबाट झण्डै १ लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

