युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-३ की ४० वर्षीया प्रमिला बरूवाल र पाल्पा माथागडी गाउँपालिका-४ का ३४ वर्षीय मोहन पोखरल छन्।
दक्षिणकाली नगरपालिका-१ बस्दै आएकी बरूवालाई नागार्जुन नगरपालिका-३ हलचोक र काठमाडौं-२६ बस्दै आएका पोखरेललाई सोही स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रकम ठगी गरेर फरार भएका उनीहरूलाई खोजी सिलसिलामा बुधबार पक्राउ गर्न सकिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
बरूवालले युके पठाइदिने बहानामा ७ जनाबाट ३२ लाख ३५ हजार रुपैयाँ र पोखरेलले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।
वैदेशिक रोजगारीको लागि भन्दै रकम संकलन गरेर फरार भएका उनीहरूविरूद्ध पीडितले प्रहरीमा उजुरी दिएका थिए। दुबै जनालाई बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

