• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १६ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १९ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १९ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २० घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

जानकारी केन्द्र २०८२, असार, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका जातकहरूको लागि यो महिना धेरै जस्तो कुरामा अनुकूल रहनेछ। धेर्य र पराक्रमले आँटेको कार्यमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। व्यापार व्यवसाय वा कार्यक्षेत्रलाई लिएर लामो यात्रा गर्नुपर्ला। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। छोटो मिठो तीर्थ यात्राका योग छन्। नोकरी वा पेशामा कार्यको अतिरिक्त जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्धको दृष्टिले यो महिना अलि कमजोर रहनेछ। शिक्षा वा धन सम्बन्धी मामलाहरूमा राम्रो सफलता हात लाग्नेछ। भाई बहिनीहरूको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले सबल रहनेछ। अति आत्मविश्वास असफलताको कारण बन्ला सावधान रहनुहोस्। सदैव हनुमानजीको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिनामा राम्रो रहनेछ। संगीत वा कलाको संदर्भमा वैदेशिक यात्रा गर्नुपर्ला। संचित धनमा वृद्धि हुनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायमा मिठो बोलीको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। नोकरी वा पेशामा आफ्नो कार्यले अधिकारीहरूलाई सन्तुष्ट पार्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। दाम्पत्य जीवनमा सानोतिनो कुरालाई लिएर विवादको सम्भावना रहेको छ। परिवारको साथ र सहयोग मिल्नेछ। फजुल खर्चबाट आफूलाई जोगाउनुहोस्। सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना अनुकूल रहनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ वा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। लगनशीलता वा अनुभवले नोकरी वा पेशामा सफलता हात लाग्नेछ। सहयोगीहरूले साथ दिनेछन्। सरकारी नोकरीमा सफलता हात लाग्नेछ। प्रशासनिक र राज्यपक्षको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा राम्रो फड्को हात पार्न सकिएला। अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। कारोबारलाई लिएर नयाँ निर्णय लिन सक्नुहुनेछ। नयाँ अनुबन्धले आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूलाई मेहनतको अनुरुप शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। नियमित व्यायामको नियम बनाउनुहोस्। सदैव भगवान गणेशको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। व्यापार व्यवसाय वा कार्यक्षेत्रलाई लिएर विदेश यात्राको योग छ। आफ्नो व्यवहारलाई सन्तुलित बनाउने प्रयास गर्नुहोला। कारोबार वा उद्योग व्यापारमा निर्णय लिनुभन्दा अघि एकपटक पुनः विचार अवश्य गर्नुहोला। पारिवारिक मामलाहरूलाई सुल्झ्याउने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ सचेत रहनुहोस्। विद्यार्थीहरूलाई पढाईमा मेहनत अनुरूप सफलता मिल्नेछ। खर्चमा वृद्धि भएतापनि आर्थिक पक्ष सबल रहनेछ। सदैव भगवान शिवको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ। नोकरी वा पेशामा आफ्नो प्रतिभाले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। शेयर बजारमा राम्रो सफलता हाथ लाग्नेछ। प्रेम सम्बन्ध लाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहनेछ साथै उद्योग कारोबारीहरूको लागि पनि सफलता मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। पिताको कार्यक्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। युवाहरूलाई करियरलाई अगाडि बढाउन नयाँ बाटोहरू खुल्नेछन्। कार्यक्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला। सरूवा हुने बलियो समय देखिएको छ। अध्ययनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यमा मौसमी बिमारीहरूबाट जोगिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू बन्नेछन्। जोखिमपूर्ण कार्य सम्पादन हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। वैदेशिक भ्रमणको लागि महिना त्यति अनुकूल नहोला। प्रतिस्पर्धामा प्रतिद्वन्दीबाट कटा टक्कर मिल्नेछ। सदैव कालभैरवको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना तुला राशि हुनेहरूको लागि उत्तम रहनेछ। समाजमा मान प्रतिष्ठा बढ्नुका साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। भाग्यको साथ मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ। व्यापारमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। कारोबारलाई विस्तार गर्ने समय रहेको छ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। नोकरीमा नयाँ मिटिंगको लागि समय श्रेष्ठ रहेको छ। प्रशासनिक योजनाको लाभ लिन सकिएला। आफ्नो व्यस्त जीवनबाट घरपरिवारलाई पनि समय दिनुहोला। व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ। धर्म कर्मप्रति रुचि बढ्नेछ। सदैव भगवती देवीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बृश्चिक राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिहरू को सामना गर्नुपर्ने हुन्छ। विरोधीहरू सक्रिय रहनेछन्। धार्मिक तीर्थयात्रा आदिको सौभाग्य मिल्नेछ। व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ। नोकरी वा पेशामा उच्च अधिकारीबाट सोचेजस्तो सहयोग नमिल्ला। इष्टमित्रहरूको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। स्वास्थ्य र खानपानमा सजग रहनुहोस। पारिवारिक चिन्ताले मन अप्रसन्न रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। धैर्य र पराक्रम मा वृद्धि हुनेछ। साहसिक निर्णयहरू लिने समय रहेको छ। आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरुको मुख ताक्ने बानीले कार्य बिग्रिन सक्छ। आम्दानीका नयाँ स्रोतहरू खुल्ने वा आर्थिक पक्ष बलियो बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। ‎

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। कार्यक्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौं। प्रत्येक क्षेत्रमा कुनै न कुनै परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। आयआर्जनको दृष्टिले यो समय सामान्य रहेको छ। धन कमाएता पनि संग्रह गर्न गाह्रो होला। आफ्नो खानपानलाई सादा राख्ने र नशा आदिबाट टाढा रहनुहोस्। विद्यार्थीहरूले पठनपाठनमा आलस्यलाई हावी हुन नदिनुहोला। वैवाहिक सम्बन्धमा जीवनसाथीको भावना बुझ्ने प्रयास गरौं। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। सोचेका कार्यहरू सम्पादन हुनेछन्। क्रोध र वाणीमा संयम राख्नु भयोभने सोचे अनुरुप फलको प्राप्ति हुनेछ। नोकरी वा पेशामा पुराना काममा मित्रहरूको सहयोग मिल्नेछ। मन अशान्त रहला। प्रतियोगी विद्यार्थीहरूलाई इन्टरभ्यु आदिमा सफलता मिल्ने योग पनि रहेको छ। अनियमित दिनचर्या र खानपानले गर्दा स्वास्थ्य सम्बन्धी समस्या देखापर्ला सावधान रहनुहोस्। प्रेम सम्बन्धमा सोच विचार गरेर निर्णय लिनुहोस्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। अनावश्यक दिखावा गर्नबाट बच्नुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूलाई यो महिना लाभदायक रहनेछ। कार्यक्षेत्र वा घरपरिवारमा सबैको भरपूर सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ। परीक्षाको तैयारीमा लागिरहनु भएकालाई विशेष लाभदायक समय रहनेछ। नौकरी वा पेशामा मनपर्दो स्थानमा सरुवा हुन सकिनेछ। लामो दूरीको यात्राको योग छ। रोकिएका काम सम्पादित हुनाले मन प्रसन्न रहनेछ। उच्च शिक्षाको लागि विदेशतिर ताक्नेहरूलाई बाधा आउनेछ। सवारी साधन जुटाउने योग छ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.