मोबाईल चार्ज गर्दा करेन्ट लागेर गर्भवति महिलाको मृत्यु
रौतहट। रौतहट स्थित मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा
राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतिय करेन्ट लागेको थियो।करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्क खातुनको गर्भवती रहेको प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

