आज शेयर बजारमा दोहोरो अंकको बृद्धि, फाइनान्स समूह अगाडि
जानकारी केन्द्र
२०८२, असार, १९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.९८ अंकले उकालो लाग्दै २७०५.८१ बिन्दुमा पुगेको छ। बिहीबार दिनभर भएका कारोबारमा ३११ वटा कम्पनीका २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
आजको बजारमा सबैभन्दा बढी फाइनान्स समूहका लगानीकर्ताले लाभ कमाएका छन्। सो समूहको सूचक ४.०९ प्रतिशतले उकालो लागेको हो। त्यसैगरी, जीवन बीमा समूहको २.५६ प्रतिशत, निर्जीवन बीमा समूहको २.२४ प्रतिशत र म्युचुअल फन्ड समूहको सूचक १.२४ प्रतिशतले बढेको छ।
लगातारको सुधार देखिएको बजारमा लगानीकर्ताको उत्साह समेत बढ्दो क्रममा देखिएको छ। बजार विश्लेषकहरूले यो सुधारलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
