गर्मीबाट छाला जोगाउन अपनाउनुहाेस् यी पाँच घरेलु उपाय
काठमाडौं । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।
कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्याउँछ। छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौं ।
कागतीको रस
कागती एक प्राकृतिक ब्लीच हो र यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, जसले टोनिङ कम गर्न मद्दत गर्छ। कागतीको रसले छालाको सतहबाट मृत कोशिकाहरू हटाउँछ। गुलाब जलमा कागतीको रस मिसाएर टोनिङ भएको ठाउँमा लगाउन सक्नुहुन्छ। १० देखि १५ मिनेटपछि मनतातो पानीले अनुहार सफा गर्नुहोस्।
एलोवेरा जेल
एलोभेरा छालाको लागि धेरै लाभदायक छ। यसले छालालाई हाइड्रेट मात्र गर्दैन, टोनिङ पनि कम गर्छ। तपाईंले ताजा एलोवेरा जेल निकालेर छालामा १५–२० मिनेट लगाएर धुनुहोस्।
दही र बेसार
दही र बेसारको फेस प्याक छालाका लागि निकै फाइदाजनक हुन्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ र बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालाको रंगलाई सुधार गर्छ। एक चम्चा दहीमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनु होस् र १५–२० मिनेटपछि धुनुहोस् । यो प्याकले छालालाई टोनिङबाट राहत प्रदान गर्न मद्दत गर्नेछ।
ओटमिल स्क्रब
ओटमिल एक राम्रो स्क्रब हो, जसले छालालाई गहिरो सफा गर्छ। दूधमा मिसाएर पेस्ट बनाउनुहोस् र टोनिङ भएको ठाउँमा हल्का मसाज गर्नुहोस्। यसले टोनिङ मात्र कम गर्दैन, छालालाई मुलायम पनि बनाउँछ।
टमाटर
टमाटरमा लाइकोपीन हुन्छ, जसले छालालाई सूर्यको किरणबाट हुने क्षतिबाट बचाउँछ। टमाटरको रस छालामा लगाउनाले छालामा चमक आउँछ । यसले छालालाई निकै नरम र चम्किलो पनि बनाउँछ ।
सम्बन्धित समाचार
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
अब स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा विस्तार गर्ने बालेनको घोषणा
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
ट्रेन्डिङ
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
