अमेरिकामा कार दुर्घटना, दुई नेपाली युवा विद्यार्थीको मृत्यु
काठमाडौं । अमेरिकाको लुइजियाना राज्यमा भएको एक कार दुर्घटनामा दुई जना नेपाली युवा विद्यार्थीको ज्यान गएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको उक्त दुर्घटनामा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना स्थानीय समयअनुसार असार २९ गते राति करिब ९ बजे भएको हो । लुइजियाना राज्य प्रहरीका अनुसार यादवले चलाएको कार भीषण वर्षाका कारण सडकमा चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको थियो । घटनास्थलमै यादव र ओलीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
अन्य दुई घाइते, उपचार जारी
दुर्घटनाको बेला सो कारमा रोजिन ओलीसहित अन्य दुई जना पनि सवार थिए, जसमा घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरूको नाम र अवस्था सार्वजनिक गरिएको छैन ।
मृतकको नेपाली ठेगाना खुल्न सकेन
राजन यादव र रोजिन ओली दुवै नेपालका नागरिक भएको पुष्टि भएपनि हालसम्म उनीहरूको स्थायी नेपाली ठेगाना सार्वजनिक गरिएको छैन । अमेरिकी प्रहरीले घटना सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
विश्वविद्यालयको श्रद्धाञ्जली
दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले शोक वक्तव्य जारी गर्दै दिवंगत विद्यार्थीहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले आफ्नो आधिकारिक फेसबुकमार्फत दुस्ख व्यक्त गर्दै लेखेका छन्, “हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं । सधैं एकअर्काको हेरचाह गरिरहनुहोस् ।”
विश्वविद्यालयले हालका विद्यार्थीहरूलाई परामर्श सेवा र मानसिक स्वास्थ्य सहायता उपलब्ध गराएको जानकारी दिए । यता, नेपाली समुदाय र विद्यार्थी संगठनहरूले पनि गहिरो दुःख व्यक्त गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
शव व्यवस्थापन र नियोगको भूमिका
मृतकहरूको शव व्यवस्थापन तथा नेपाल फिर्ती प्रक्रिया सम्बन्धमा हालसम्म नेपाली नियोग वा दूतावासको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । घटना सार्वजनिक भएपछि अमेरिकास्थित नेपाली विद्यार्थीहरूमा पनि शोक र चिन्ता व्यक्त गरिएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

