Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमाआज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि घटेको छ । आज चाँदी दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स