शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा राखी लिन सकिने अधिकतम कर्जा सीमा २५ करोड रुपैयाँ पुर्याएको छ। साउन १ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै मार्जिन प्रकृतिको कर्जामा मात्र यो सीमा लागू हुने जनाएको हो।
पहिले १० करोडबाट १५ करोड पुर्याइएको यो सीमा अब २५ करोडमा पुर्याइएकाले शेयर बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सीमा व्यक्तिगत ऋणीहरूका लागि मात्र हो भने संस्थागत ऋणीहरूमा लागू हुने छैन।
त्यस्तै, २०८० को भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम लगायतका क्षेत्रका व्यवसायी र सर्वसाधारणले लिएको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिनेछ। यो प्रक्रिया २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।
यसैबीच, राष्ट्र बैंकले बैंकदर ६ प्रतिशत कायम गरेको छ भने रिपो दर ४.५ प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत तोकिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
