अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने
काठमाडौं । सर्वसाधारणको लगानी रहेको अपि पावर कम्पनी लिमिटेडले लमजुङमा अवस्थित दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गर्दै आएको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आयोजना आर्थिक र प्राविधिक दृष्टिले सम्भाव्य देखिएकाले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण सेयर खरिद गर्ने र पूर्ण स्वामित्वमा सञ्चालन गर्ने निर्णय गरेको हो।
हाल कम्पनी जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रमा आधा दर्जन आयोजना सञ्चालन गर्दै ६२.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। अपि पावरको मातहतमा ४० मेगावाट माथिल्लो चमेलिया, ८.५ मेगावाट नौगाड, ८ मेगावाट अपर नौगाड, ४ मेगावाट चन्द्रपुर सोलार, १–१ मेगावाट ढल्केबर र सिमरा सोलार परियोजना छन्। मर्स्याङ्दी बेसी आयोजना सम्पन्न भएपछि कम्पनीको कुल उत्पादन क्षमता ११२ मेगावाट पुग्नेछ।
गत आर्थिक वर्षको चैतसम्म अपिले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले नौ महिनामा १ अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ७.७६ रुपैयाँ, नेटवर्थ १०९ रुपैयाँ र चुक्ता पुँजी ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

