दार्चुला पावरले आइपीओ निष्काशन गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ। कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
सम्झौतापत्रमा कम्पनीका अध्यक्ष सतीस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, कम्पनीले अंकित मूल्य रु १०० दरले ३० लाख कित्ता साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु ३० करोड पुग्नेछ।
दार्चुला पावर लिमिटेड सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गर्दैछ। रन–अफ–रिभर प्रकारको सो आयोजना आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीको मुख्य प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जसले परियोजनामा मुख्य शेयर स्वामित्व लिएको छ र आवश्यक स्वपूँजी लगानी गर्नेछ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

